२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेल कलेजले मनायो १७ औं वार्षिकोत्सव

नोबेल कलेजले मनायो १७ औं वार्षिकोत्सव


विराटनगर – विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिहिबार १७ औं वार्षिकोत्सव मनाएको छ । अस्पताल परिषरमा भव्य समारोहकाबीच विभिन्न कार्यक्रम गरेर नोबेलले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ्गले नोबेललाई स्वास्थ्य उपचार र चिकित्सा शिक्षाका क्षेत्रमा अझै सफलताको शुभकामना दिए । सो अवसरमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नोबेलले सफलता हाँसिल गर्दै गएको भन्दै खुशी व्यक्त गरे ।

उनले नोबेलमा नयाँ अन्तर्राष्ट्रिय स्तरको बेसिक साइन्स भवन निर्माण गर्न लागेको जानकारी दिदैं आगामी माघ-फागुनबाटै निर्माणको काम सुरु गरिने बताए ।

कार्यक्रममा नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, निर्देशक डा.राजेश नेपाल, सह–निर्देशक डा.मुक्ति आचार्य, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार लगायतले सञ्चालकको योजना र कर्मचारीहरुको मेहनतका कारण नोबेल सफल बन्दै गएकोमा जोड दिए ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने १८ विद्याका २२ जना कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको छ । त्यस्तै, पढाईमा उत्कृष्ट ४५ जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा कलेजका विद्यार्थी र कर्मचारीहरुले गायन, नृत्य र अभिनयसहितका दर्जनौं प्रस्तुति दिएर कार्यक्रमको रौनकता बढाएका थिए ।

सो अवसरमा अस्पताल सञ्चालक डा.सुनिल शर्मा र उनकी श्रीमती एवं नोबेलकी प्रवन्ध निर्देशक इन्दिरा शर्माले केक काटेका थिए । शर्मा दम्पतीको २८ औं बैवाहिक वर्षगाँठ पनि परेकाले वर्षगाँठ र वार्षिकोत्सवको केक एकैसाथ काटेर उत्सव मनाइएको छ ।

२०६१ सालमा विराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ । नोबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ