२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रतिबन्धित औषधीसहित तीन जना पक्राउ

प्रतिबन्धित औषधीसहित तीन जना पक्राउ


विराटनगर—मोरङको रतुवामाई नगरपालिका–२ बाट सशस्त्र प्रहरीले प्रतिबन्धित औषधीसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–६ का २१ वर्षीय अजित राई, १८ वर्षीय रोशन कार्की र १९ वर्षीया मनिषा कुमाललाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो ।

तीनै जनालाई सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) डोरियाबाट खटिएको टोलीले पक्राउ गरेको पक्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।

भारतबाट प्रतिबन्धित औषधी बोकेर शङ्कास्पद रूपमा नेपालतर्फ आउँदै गरेका बेला पक्राउ परेकाहरुको साथबाट एक हजार पाँच सय ट्याब्लेट ट्रामाडोल बरामद भएको जानकारी एसपी पौडेलले दिए ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिजुवामा बुझाइएको उनको भनाइ छ । नेपालमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको ट्रामाडोललगायतका औषधीलाई दुर्व्यसनीहरुले लागुऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ