२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जनस्वास्थ्य महासंघको महासचिवमा श्रेष्ठको उम्मेदवारी

जनस्वास्थ्य महासंघको महासचिवमा श्रेष्ठको उम्मेदवारी


विराटनगर—नेपाल जनस्वास्थ्य संघ (नेफा) को महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठले उम्मेदवारी दिएका छन् । आगामी पुस २४ गते हुने निर्वाचनमा श्रेष्ठले महासचिवमा उम्मेदवारी दिएका हुन् ।

नेफाको मोरङ सदस्य हुँदै केन्द्रीय सदस्य भएका श्रेष्ठ २० वर्षदेखि जनस्वास्थ्य क्षेत्रमा कार्यरत छन् । संस्थाको संगठनात्मक विकास, जनस्वास्थ्यकर्मीहरुबीचको सुव्यवस्थित सञ्चार, जनताको स्वास्थ्य जीवनयापनका लागि पैरवी गर्ने,
जनस्वास्थ्यकर्मीबीचको रोजगारी सुनिश्चितताका लागि जनस्वास्थ्य संघको महासचिवमा उम्मेदवारी दिएको श्रेष्ठले बताए । बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा २० वर्षदेखिको अनुभव नै आफ्नो जित्ने आधार रहेको बताए ।

सिएमएबाट स्वास्थ्य क्षेत्रमा प्रवेश भएका श्रेष्ठ स्वास्थ्य क्षेत्रबाटै विद्यावारिधी गर्दैछन् । उनी विगत १० वर्षदेखि जनस्वास्थ्य क्षेत्रमा अध्यापनरत छन् ।

नेपाल जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । मतदान ७ वटै प्रदेशका राजधानी र काठमाडौंमा गरिने व्यवस्था मिलाइएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ