२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मुटु स्वास्थ्य राख्न सचेतना अभियान सुरू

मुटु स्वास्थ्य राख्न सचेतना अभियान सुरू


विराटनगर—प्रदेश १ मा पहिलो पटक ‘क्याथ ल्याब’ बाट मुटुको उपचार सेवा सुरु गरेको विराटनगरस्थित न्यूरो अस्पतालले एक महिनाभरी निःशुल्क स्वास्थ्य जाँच र सचेतना कार्यक्रमको सुरूवात गरेको छ । ‘क्याथ ल्याब’ संचालन गरेको आठौं वर्षमा प्रवेश गरेको अवसरमा मुटुको बिरामीहरूको लागि मुटु स्वस्थ्य राख्न सचेतना अभियान र निःशुल्क मुटु जाँच सेवा सुरू गरेको हो ।

अभियानअन्तर्गत बिहीबार विराटनगरमा रहेको स्नातकोत्तर क्याम्पसमा निःशुल्क मुटु जाँच शिविर आयोजना गरेको छ । उक्त शिविरमा क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूले मुटु जाँच गरेका थिए । सो शिविरमा प्रदेश १ का पहिलो विशेषज्ञ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा.निकेशराज श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजीव श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा. राजन कर्णलगायतको टोलीले विरामीको मुटु जाँच गरेका थिए ।

मुटु जाँच गरिएको बिरामीहरूको इसिजी, इकोकार्डियोग्राफी सेवा पनि निःशुल्क गरिएको थियो । यो शिविरमा ६० जना बिरामीको मुटु जाँच गरिएको कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिए । ‘क्याथ ल्याब’ आठौं वर्षमा पुगेको अवसर पारेर अस्पतालले विराटनगरको अन्य विभिन्न स्थानहरुमा पनि पुस महिनाभरि मुटुको निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

‘मुटु रोग सम्बन्धी सचेतनाको कमिको कारणले मुटुका विरामी बढेका छन् । त्यसैको कारणले अकालमै ज्यान गुमाउने गरेका छन्,’ विशेषज्ञ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा.निकेशराज श्रेष्ठले भने, ‘त्यही भएर हामी सचेत हुन जरुरी छ ।’ कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीको लक्षण हेरेर मुटुको समस्या भएको आशंका लागे तत्काल विशेषज्ञ चिकित्सकसम्म उपचारमा पठाउने संस्कारको विकास नहुँदा कतिपय विरामीको ज्यान जाने गरेको छ ।

असन्तुलित खानपिन तथा शारिरीक कसरत अभावले निम्त्याउने हृद्धयघातका विरामीको वायाँ भागतर्फको छाती क्रमसः दुख्दै दायाँ हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नुपर्ने डा.श्रेष्ठको आग्रह छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ