२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधी व्यवसायीले गरेको शिविरमा ३ सय बिरामीको स्वास्थ्य जाँच

औषधी व्यवसायीले गरेको शिविरमा ३ सय बिरामीको स्वास्थ्य जाँच


विराटनगर—नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मोरङको रंगेली नगरपालिका ३ रंजनीमा आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य परीक्षण गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।

शिविरमा फिजिसियन डा. रोशन खड्का, दन्त रोग विशेष डा. सुदिर श्रेष्ठ, बालरोग विशेषज्ञ डा. राजेश यादव र स्त्री रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले स्वास्थ्य शिविरमा बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । चिकित्सकहरुले स्वास्थ्य जाँच गरेर औषधी सिफारिस गरेका बिरामीहरुलाई निःशुल्क औषधी पनि दिएका थिए ।

स्वास्थ्य शिविरमा मौसमी रुघाखोकी, ज्वरोलगायतका बिरामी बढी आएका थिए । औषधी व्यवसायीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको ग्रामीण क्षेत्रमा उपचारबाट बञ्चित भएका नागरिकहरुको लागि स्थानीयस्तरमा सहज रुपमा स्वास्थ्य उपचार गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ