२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पताललाई भेन्टिलेटरसहित ४२ लाख ७४ हजारको स्वास्थ्य सामाग्री सहयोग

कोशी अस्पताललाई भेन्टिलेटरसहित ४२ लाख ७४ हजारको स्वास्थ्य सामाग्री सहयोग


विराटनगर–कोभिड–१९ को नयाँ भेरिएन्ट अमिक्रोन फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले कोशी अस्पताललाई भेन्टिलेटरसहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा पूर्वमन्त्री रिजालले धर्म र सम्प्रदायभन्दा माथि उठेर लुथरनले गरेको यो मानवीय कार्य उदाहरणीय रहेको बताए । यसअघि पनि जोखिममा रहेका मानिसहरुलाई लुथरन सामुदायिक कल्याण समाजले गरेको मानवीय सहयोगको प्रशंसा गर्दै रिजालले कोशी अस्पताललाई गरेको सहयोगको लागि धन्यवाद दिए ।

मोरङको क्षेत्र नम्बर २, ५ र झापा जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायमा काम गरिरहेको लुथरनले अझ राम्रो र फराकिलो गर्दै आफ्ना कार्यक्रम लिएर जाओस् भन्ने शुभकामना समेत रिजालले दिए ।

कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मी नारायण यादवले कोभिड–१९ को महामारीको अहिलेको अवस्थामा बालबालिकालाई अति आवश्यक पर्ने बच्चाको भेन्टिलेटरसहितको सामाग्री दिएर आम सर्वसाधारणको उपचारमा सहजता प्रदान गरिदिएका लुथरन सामुदायिक कल्याण समाजप्रति कृतज्ञता व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा रहेर पिछडिएको समाजमा काम गर्ने संस्थाले त्यहाँका स्थानीयवासीसमेत लाभान्वित हुन भन्ने उद्धेश्य राखेर स्वास्थ्य सामाग्री प्रदान गरेकामा आफूलाई खुसी लागेको बताए ।

लुथरनले गरिरहेको कामका बारेमा संस्थाका सिइओ सुमन राई र अस्मिता चौधरीले सदृश्य वर्णन गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष जोसेफ सोरेनले संस्थामार्फत कोभिडको समयमा र अन्य विपतमा समुदायमा काम गर्न पाउँदा आफूहरुलाई निकै गर्व लागेको बताए । संस्थाले कार्यरत रहेका गाउँपालिका र नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई निःशुल्क रुपमा यसअघि पनि स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी दिए ।

जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले विपत र जोखिमका बेला लुथरनले जनताको साथी भएर काम गरिरेहेको बताए । उनले अन्य समुदायमा समेत काम गर्न आग्रह गरे ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ