२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कम तौलका जुम्ल्याहा शिशुको गोल्डेन अस्पतालमा सफल उपचार

कम तौलका जुम्ल्याहा शिशुको गोल्डेन अस्पतालमा सफल उपचार


विराटनगर–विराटनगरस्थित गोल्डेन अस्पतालले कम तौल भएका जुम्ल्याहा नवजात शिशुको सफल उपचार गरेको छ । आइतबार हस्पिटलले ७ सय ग्राम र ९ सय ग्राम तौल भएका जुम्ल्याहा नवजात शिशुको सफल उपचार गरेको अस्पतालमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

सामान्यतयाः दुई किलोभन्दा कम जन्मिएको बच्चा बचाउन गाह्रो हुने गरेको चिकित्सवहरु बताउँछन् । तर, गोल्डेनमा कार्यरत बालरोग विषेशज्ञ डा. सतिस यादवसहितको चिकित्सवहरुको टोलीले कम तौल भएको बच्चाको सफल उपचार भएपछि आइतबार डिस्चार्ज गरेको हो ।

मोरङको सुनवर्षी नगरपालिका–३ घर भएकी सीमा बस्नेत गोल्डेन अस्पतालमा तीन साता अगाडि भर्ना भएका थिए । उनको २० मंसिरमा अस्पतालमा नर्मल डेलिभरी भएको थियो । सीमाले ७ सय ग्राम र ९ सय ग्राम तौल भएको नवजात शिशुलाई जन्म दिइन् ।

२७ हप्तामा जन्म लिएका कम तौल भएको ७ सय ग्रामको नवजात शिशुलाई पाँच दिन भेन्टिलेटरमा राखेर उपचार गरेपछि बचाउन सफल भएको डा. यादवले बताए । ‘अहिलेसम्म मैले उपचार गर्दा यदि कम तौलको नवजात शिशु देखिएको थिइन् । यो नै पहिलो पटक हो । कम तौल भएको नवजात बच्चालाई बचाउन निक्कै मुस्किल हुने गर्दछ । तर, हामीले जुम्लिया जन्मिएको बच्चाको सफल रूपमा उपचार गरेर बचाउन सफल भएका छौं,’ उनले भने, ‘सुरूमा नवजात शिशुको श्वासप्रश्वासमा समस्या थियो ।’ अहिले नवजात शिशुको अवस्था राम्रो रहेको डा. यादवले बताए । डा. यादवले थपे, ‘अहिले बच्चाको अवस्थामा धेरै राम्रो छ ।’ ७ सय ग्राम तौल भएको नवजात शिशुको तौलम ९ सय ग्रामभन्दा बढी पुगेको उनले बताए ।

‘विशेषज्ञहरूको टिमले अब बच्चालाई कुनै खतरा नभएकाले डिस्चार्ज गरेका हौं’ उनले भने । अहिले बालिकाले आमाको दुध खान थालेको, शरीरको तापक्रमसमेत सही भएको र अन्य सबै अंगले काम गरिरहेका कारण उनलाई डिस्चार्ज गरिएको डा. यादवले बताए । कम जन्म तौल भएका बच्चालाई स्वास्थ्य सम्बन्धी धेरै समस्या आउन चिकित्सकले बताए । उनीहरु स्वास्थ्यका हिसावले सामान्य बच्चाभन्दा बढी जोखिममा हुने भएकाले स्वास्थ्यमा विशेष हेरचार गर्नुपर्ने डा. यादवले बताए । उनका अनुसार कम तौल भएका बच्चालाई चिसोबाट बचाउनुपर्ने सुझाब दिएका छन् । ‘कम तौल भएका बच्चामा शरीरलाई तातो बनाउने ब्राउन फ्याटको कमी हुन्छ,’ उनले भने, ‘ब्राउन फ्याट कम हुने भएकैले त्यस्ता बच्चालाई चाँडो चिसोले समाउँछ । तसर्थ कम तौल भएका बच्चालाई चिसोबाट बचाउन ध्यान पु¥याउनुपर्छ ।’

सफल उपचारपछि नवजात शिशु अहिले ठिक भएको अस्पतालले उपचारमा अढाइ लाख रुपैयाँ छुट पनि दिएको छ । नवजात शिशुको हजुरआमा मीरा बस्नेतले सफल उपचार भएपछि नातिहरुले नयाँ जीवन पाएको बताइन् । नातिलाई नयाँ जीवन दिलाउन उपचारमा संलग्न चिकित्सक र अस्पतलालाई धन्यवाद व्यक्त गरिन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ