२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बढी शुल्क असुल्न खोजेको भन्दैं नोबेलमा विद्यार्थीको अनिश्चितकालीन तालाबन्दी

बढी शुल्क असुल्न खोजेको भन्दैं नोबेलमा विद्यार्थीको अनिश्चितकालीन तालाबन्दी


विराटनगर- चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाख बढी रकम विद्यार्थीबाट असुल्ने ध्येयमा रहेका विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनलाई एकबद्धता जानाउने विभिन्न पाँच विद्यार्थी संगठनहरुले बुधबार नोबेल मेडिकल कलेजको प्रशासन फाटको मुल गेढमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोबेलको मुल गेट तोडफोड गरेपछि चौथो तलामा रहेको प्रशासन फाटमा तालाबन्दी गरेका हुन् ।

विद्यार्थीहरुको माग पुरा गर्न नोबेल मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । विद्यार्थीको मागको सुनवाइ नभएपछि आन्दोलित विद्यार्थीसहित विभिन्न पाँच विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको चिकित्सक शिक्षा संघर्ष समितिका संयोजक मनिष भट्टराईले जानकारी दिए ।

‘कलेज प्रशासनले विद्यार्थीको माग सुनवाइ गर्ने कुनै पनि सकारात्मक भूमिका नदेखाएपछि बाध्य भएर कलेज प्रशासनमा तालाबन्दी गर्नुपरेको छ,’ उनले भने, ‘वार्ताको माध्यमबाट माग सुनवाइ नगर्ने वातावरण नभएसम्म यो तालाबन्दी रहिरहेनछ ।’ प्रशासनले अतिरिक्ति शुल्क नलिने सहमति गरेपछि मात्र विद्यार्थीहरुको आन्दोलन रोकिने उनले बताए ।

१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ । यसपटक नोबेलमा एकसय जना विद्यार्थी एमबीबीएसमा भर्ना भएका छन् ।

नोबेल डा. सुनिल शर्माको स्वामित्वमा रहेको स्वास्थ्य प्रतिष्ठान हो । नेपाली काँग्रेसका नेतासमेत रहेका नोबेलका सञ्चालक डा. शर्माले आफूहरुबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ । यसअघि प्रशासनकै रोहबरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए । तर, गत बुधबारदेखि सुरु भएको कक्षा प्रवेश गर्नु अघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ ।

विद्यार्थीका अनुसार यसपटक त्यहाँ एमबीबीएस पहिलो वर्षमा १ सय विद्यार्थी भर्ना भएका छन् । तीमध्ये १० जना छात्रवृत्तिअन्तर्गतका, नौ जना भारतीय छन् । केही विद्यार्थीले अतिरिक्त शुल्क बुझाएका छन् ।

विद्यार्थी र अभिभावकहरु भने चिकित्सा शिक्षा आयोगले तोकेकोबाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन् । नोबेलले एमबीबीएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क वापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दवाव दिँदै आएको विद्यार्थीले बताएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोबेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरक्त शुल्क असुल्न खोजिरहेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो । पाँच वर्षे कोर्सको प्रथम वर्षवापतको १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ