२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बिएन्डसीले खोरमा थुनिएका बालकको नि:शुल्क उपचार गर्ने

बिएन्डसीले खोरमा थुनिएका बालकको नि:शुल्क उपचार गर्ने


झापा – बिर्तामोडको बिएन्डसी हस्पिटलले झापा अर्जुनधाराका एक बालकको निःशूल्क उपचार गर्ने भएको छ । अर्जुनधारा नगरपालिका ४ मिलडाँडाका गुप्तबहादुर दाहालका ९ वर्षीय छोरा बसन्तको बिएन्डसीले निःशूल्क उपचार गर्ने भएको हो ।

विगत १० महिनादेखि उपचारको अभावमा खोरमा थुनिन बाध्य उक्त बालकको शुक्रबार खोरबाटै अस्पतालले उद्दार गरेको हो ।

जन्मदेखि नै बोली नआएको उक्त बालक एक्लै बस्ने, कसैसँग नबोल्ने, रिस उठ्दा आफैँले आफैँलाई कुट्ने, अनुहार कोतार्ने, भित्तामा टाउको ठोकाउने, घरदेखि बाहिर निस्केपछि फर्किएर नआउने, साथीभाइसँग नबस्नेलगायत आनीबानी रहेको र आफुलाई खेतमा काम गर्न जानुपर्ने भएकोले बाध्य भएर खोरमा थुनेको उनका बाबुले जनाए।

ती बालकको उपचारका लागि धामी, झाक्री र अस्पतालमा समेत लागिएको भएपनि स्वास्थ्यमा सुधार नआएको परिवारले जनाएको छ।

स्थानीय सामाजिक अभियन्ता कमल पाेख्रेलले बालककाे अवस्था देखेर सामाजिक सञ्जालमा छाेटाे भिडियाे राखेपछि हस्पिटल सम्पर्कमा आएकाे हाे । बिएन्डसीको तर्फबाट उद्दार गर्न पुगेको चिकित्सक र व्यवस्थापन टोली घरमा पुग्दा बालक खोरमै थिए । खोरमै पुगेका हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बालकको निशुल्क उपचार गरिदिने भएका हुन् ।

अस्पतालका कार्यकारी निर्देशक प्रसाईले आर्थिक अवस्था नाजुक भएका बिरामीको बिएन्डसी अस्पतालले उपचार गर्दै आएको बताए।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ