२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको कदमाहमा पब्लिक हस्पिटलको २५ शैय्याको अस्पताल संचालन

मोरङको कदमाहमा पब्लिक हस्पिटलको २५ शैय्याको अस्पताल संचालन


विराटनगर—मोरङको धनपालथान गाउँपालिका–६ कदमाहमा पब्लिक हस्पिटलले २५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । रंगेलीका मनिसकुमार यादव र धनपालथानका पंकजकुमार यादवले २० लाखको लगानीमा बिहीबारदेखि सो अस्पताल संचालनमा ल्याएका हुन् ।

स्थानीयस्तरमा सहज रूपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्यले हस्पिटल संचालनमा ल्याएको बताइएको छ । स्थानीयमा उपचारको सहज पहुँच होस् भन्ने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याइएको सञ्चालक पंकज यादवले बताए । ‘यहाँका स्थानीयले सामान्य स्वास्थ्य उपचारका लागि पनि पूर्वमा रंगेली र पश्चिममा कटहरी वा विराटनगर पुग्नुपर्ने बाध्यता छ । हामीले टाढा जानुपर्ने समस्याको अन्त्य गरेका हौं,’ उनले भने ।

अस्पतालमा ल्याब, एक्स–रे, इसिजी, युएसजी, फार्मेसी र २४ घण्टे आकस्मिकका साथै ओपिडीमा सम्पूर्ण सेवाहरु उपलब्ध छन् । अस्पतालमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसुती रोग, जनरल सर्जरी, मुटु रोग, बालरोग तथा नवजात शिशु, रेडियोलोजी र डेन्टल सम्बन्धी सेवाहरु समेत उपलब्ध रहेको सञ्चालक मनिसकुमार यादवले जानकारी दिए ।

गुणस्तरीय तथा भरपर्दो सेवा प्रवाहलाई दृष्टिगत गर्दै अस्पतालमा दक्ष तथा अनुभवी चिकित्सकद्धारा सेवा प्रवाह हुने उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १
ट्याग : #कदमाह पब्लिक हस्पिटल, #पब्लिक हस्पिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ