२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलमा आन्दोलनमा उत्रिएका ४ विद्यार्थी नेतासहित् ७ जना घाइते

नोबेलमा आन्दोलनमा उत्रिएका ४ विद्यार्थी नेतासहित् ७ जना घाइते


विराटनगर – विराटनगरस्थित नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनमा उत्रिएका विद्यार्थी नेताहरूमाथि आक्रमण भएको छ । आन्दोलनमा उत्रिएका विद्याथीहरू माथि नोबेलका सुरक्षा गार्ड र प्रहरीले आक्रमण गर्दा सोमबार चार जना विद्यार्थी नेता घाइते भएका हुन् ।

सुरक्षाकर्मीतर्फ तीन जना प्रहरी घाइते भएका छन् । घाइते हुनेहरुमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु ताजिम अन्सारी, टेकेन क्षेत्री, दिपेन्द्र मेहता, अखिल क्रान्तिकारी मोरङका जिल्ला सहसचिब उमेश सेनचुरी रहेका छन् ।

नोबेलले विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्न खोजेपछि विभिन्न पाँच विद्यार्थी संगठनहरुले दुई हप्ता अगाडी नोबलेको प्रशासन फाटमा अनिश्चितकलीन तालाबन्दी गरेको थियो । तलाबन्दी गरेपनि कामकाज निर्वाध रुपमा संचालन हुने गरेको पाएपछि काम रोक्नुपर्ने भन्दै विद्यार्थी नेताहरु नोबेल प्रशासन भित्र प्रवेश गर्दा सुरक्षा गार्डले आक्रमण गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य आलमले बताए ।

घाइते विद्यार्थीहरुको हात, आँखामा चोटपक लागेको छ । नोबेलले नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा यहाँका विद्यार्थी र विभिन्न पाँचवटा विद्यार्थी संगठनहरुले महिनादेखि यतादेखि निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् । आन्दोलन अन्र्तगत उनीहरुले सोमबार नोबल अगाडी सिठी जुलुस प्रर्दशन गरेका हुन् ।

विद्यार्थी संगठनहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार पत्राचार गरेर आन्दोलन स्थगित गर्न निर्देशन दिएको थियो । तर, विद्यार्थीहरुले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिसकेको अवस्थामा आन्दोलन गर्दा संक्रमण फैलिने जोखिम बढेकाले स्थगित गर्न निर्देशन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार आन्दोलनरत विद्यार्थी संगठनहरूसँग छलफल गरेर जिल्ला प्रहरी कार्यालयलाई अतिरिक्त शुल्क असुलेको विषयमा छानबिन गरी कारबाहीको दायरामा ल्याउने निर्णय गरी पत्राचार गरेको थियो । कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर मंसिर १९ गतेदेखि न्यायका लागि संघर्ष गर्दै आएका छन् ।

पीडित विद्यार्थीहरूको आन्दोलनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियान समर्थन जनाएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ । पठनपाठनमा रोक लगाएपछि विद्यार्थी संगठनको सहयोगमा पीडित विद्यार्थीहरूले कलेज प्रशासनमा पुस २१ गते तालाबन्दी गरेर रिले अनसन बस्दैआएका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क बाहेकको काठमाडौं विश्वविद्यालयको रजिष्ट्रेशन शुल्क २५ हजार, एफिलिएसन शुल्क ९८ हजार ५७९, परीक्षा शुल्क ११ हजार र नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन शुल्क वापत ५ हजार र एक वर्षको होस्टेल शुल्क १ लाख २३ हजार कलेजले असुलिरहेको पीडित विद्यार्थीहरूले बताए । उक्त शुल्क विद्यार्थीहरूलाई आफैं विश्वविद्यालयको नेपाल बैंक लिमिटेड, इन्भेष्टमेन्ट बैंक र काउन्सिलको एसबीआई बैंकको खातामा र होस्टेल शुल्क कलेजको बैंक खातामा जम्मा गर्न लगाएको हो ।

आन्दोलनरत विद्यार्थी संगठनहरूले तोकेभन्दा एक रुपैयाँ पनि बढी विद्यार्थीसँग असुल्न नपाउने र छात्रावास ऐच्छिक हुनुपर्ने माग गर्दै आए पनि कलेजले विद्यार्थीका अभिभावकलाई डर, त्रास देखाएर उक्त शुल्क असुलेर विद्यार्थी भर्ना गराइरहेको गुनासो आउने गरेको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ