२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १गर्भवती तथा सुत्केरीका लागि प्रभावकारी बन्दै नेपाली सेनाको सुर्खेत एयर बेस

गर्भवती तथा सुत्केरीका लागि प्रभावकारी बन्दै नेपाली सेनाको सुर्खेत एयर बेस


नेपालगन्ज – नेपाली सेनाले सुर्खेतमा एयर बेस कार्यालय स्थापना गरे दुर्गम क्षेत्रका गर्भवती र सुत्केरीहरुको उद्धार कार्य प्रभावकारी बन्दै गएको छ । सुर्खेतस्थित एयर बेसमा एमआई १७ सहित तीनवटा हेलिकोप्टरसहित् उडान दलका सदस्यहरु नियमित तैनाथ हुन्छन ।

गर्भवती तथा सुत्केरीको उद्धारका लागि स्थानिय प्रशासनको अनुरोध हुना साथ एयर बेसबाट रेस्क्यु फ्लाइट हुने गरेको नेपाली सेनाको सुर्खेत स्थित एयर बेसका निमित्त प्रमुख रचन श्रेष्ठले बताए ।

पश्चिम एयर बेस सञ्चालन भए पछि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका स्वास्थ्य सेवाको पहुच नपुगेका दुर्गम बस्तीका गर्भवती र सुत्केरीहरुको उद्धार तथा उपचार प्रभाबकारी बन्दै गएको छ । एयरबेसबाट हाल सम्म १ सय १९ जना गर्भवती र सुत्केरीहरुको उद्धार भई सकेको छ ।

नेपाली सेनाले सेनाले विपद् तथा आकस्मिक घटना भएका बेला गरिने उद्धार र राहात कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले २०७६ साल भदौ १७ गते देखि सुर्खेत बिमान स्थल नजिकै पश्चिम एयर बेस कार्यालय स्थापना गरेको हो ।

२०७८ वैशाखदेखि पुससम्म कर्णाली र सुदूरपश्चिमका विकट गाउँका ५० जना गर्भवती र सुत्केरीहरुको उद्धार गरी सुर्खेतको प्रदेश अस्पतालका साथै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुराइएको छ ।

सुत्केरी हुने क्रममा र सुत्केरी भई सके पछि उत्पन्न हुने स्वास्थ्य समस्याका कारण ज्यानै जोखिममा हरेका महिलाहरुलाई सम्बन्धित गाउपालिकाको सिफासिरमा जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम संग समन्बय गरेर सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेर सुर्खेत र नेपालगन्जका सुबिधा सम्पन्न अस्पतालमा पुराउने गरिएको निमित्त प्रमुख श्रेष्ठले जनाए ।

स्वास्थ्य अवस्था जटिल भए पनि समय मै अस्पताल आइपुगेका कारण अधिकांश गर्भवती र सुत्केरी महिलाहरुलाई तत्काल शल्यक्रिया सहितको उपचार गरेर ज्यान जोगाउदै आएको प्रदेश अस्पताल सुर्खेतीको नर्सिङ निरिक्षक कल्पना थापाले बताइन  । स्वास्थ्य अवस्था गम्भिर भएकी बहिनीको नेपाली सेनाले हेलिकोप्टरबाट उद्धार भए पछि ज्यान जोगिएको डोल्पाका श्यामा ग्याल्जेन गुरुङको भनाइ छ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ