२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १ब्रेन ह्यामरेज भएको बिरामीले पाए नयाँ जीवन

ब्रेन ह्यामरेज भएको बिरामीले पाए नयाँ जीवन


विराटनगर – विराटनगरस्थित गोल्डेन अस्पतालमा एकजना भारतीय बिरामीको जटिल प्रकारको सफल शल्यक्रिया भएको छ । अस्पतालले भारतको अरेरीया जिल्लाको गरियाका ६२ वर्षीय  हरीलाल साहको  जटिल प्रकारको सफल उपचार गरेर जीवन बचाउन सफल भएको हो ।

साहलाई ब्लड प्रेसरले हानेपछि १२ माघमा ब्रेन ह्यामरेज भएको थियो । उनलाई सोही दिन गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो ।गोल्डेनका न्यूरो सर्जन डा. चन्द्र प्रसाद यादव र डा. रोशन खतिवडाको टिमले सफल शल्यक्रिया गरेर बिरामीलाई नयाँ जीवन दिएका हुन् ।

प्रेसरका बिरामी साह बेहोस भएका थिए । ‘हामीले बुवालाई तत्काल लिएर गोल्डेन अस्पताल लिएर आयौं । बुवाको होस आएन,’ छोरी रेखा साहले भनिन्, ‘गोल्डेनका न्यूरो सर्जन डा. यादव र खतिवडाको टिमले सफल उपचार गरेर बुबालाई नयाँ जीवन दिनुभएको छ ।’

बुबाको स्वास्थ्य अवस्था ठिक भएपछि हर्षित मुद्रामा देखिएकी छोरी रेखाले अहिले बुबा मज्जासँगले बोल्न र हिडडुल गर्न सक्ने भएको बताइन ।

‘१५ दिनकोे उपचारपछि शुक्रबार डिस्चार्ज भएको छ,’ उनले भनिन्, ‘बुबालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बुबालाई बचाउनु भयो । बाँच्नुहुन्न जस्तो लागेको थियो । बुबाले नयाँ जीवन पाउनुभयो ।’ साहको परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।

साहको उपचारपछि स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको न्यूरो सर्जन डा. चन्द्र प्रसाद यादवले बताए । यसअघि पनि गोल्डेन अस्पतालले जटिल प्रकारको बिरामीको उपचार गर्दै आएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ