२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १खोप हराएको भनेर राजनीतिक प्रोपोगाण्डा गरियो : स्वास्थ्यमन्त्री खतिवडा

खोप हराएको भनेर राजनीतिक प्रोपोगाण्डा गरियो : स्वास्थ्यमन्त्री खतिवडा

‘चैतभित्र १२ वर्षमाथिका सबै नागरिकलाई खोप दिन्छौं’


विराटनगर–स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको एउटा पनि खोप नहराएको दाबी गरेका छन् । शनिबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री खतिवडाले यस्तो दाबी गरेका हुन् ।

उनले खोपको तथ्यांक नभएको भन्ने विषय राजनीतिक प्रोपोगण्डा मात्रै भएको बताए । ‘कुन देशबाट कुन–कुन खोप कति आएको र त्यो कुन प्रदेश र पालिकामा कति पठाएको सबै तथ्यांक भएकोले खोप हराएको कसरी भन्न मिल्छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीले सर्वसाधारणलाई खोप लगाउने क्रममा केही खोप वेस्टेज गएकोलाई अहिले राजनीतिक मुद्दा बनाएर यति धेरै हंगामा मच्चाइएको छ ।’

सुरुमा निश्चित दिन तोकेर खोप लगाउने गरेको र त्यहाँ स्वास्थ्यकर्मीले लिएर गएको खोप खोलेर लगाउने क्रममा बाँकी रहेको खोप ‘वेस्टेज’ भएको भन्दै उक्त संख्यालाई नै लिएर अहिले यति धेरै राजनीति भइरहेको खतिवडाको भनाइ थियो ।

अहिले प्रत्येक स्थानीय तहमार्फत दैनिक खोप लगाउने काम भइरहेकाले एउटा पनि खोप खेर नजाने गरेको उनले बताए । यस्तै चैत महिनाअघि नै १२ वर्षमाथिका उमेर समूहका प्रत्येक नागरिकलाई खोप लगाइसक्ने उनको भनाइ छ ।

उनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. श्यामसुन्दर यादवको नियुक्ति कानुनसम्मत रहेको दाबी गरे ।कानुनसम्मत भए /नभएको टुंगो लगाउने निकाय न्यायालय रहेकाले यस विषयमा बाहिर धेरै छलफल र बहस गर्नुको औचित्य नभएको उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ