२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १लागूऔषध बनाएर बेच्ने फार्मेसीका संचालक सहित ९ पक्राउ

लागूऔषध बनाएर बेच्ने फार्मेसीका संचालक सहित ९ पक्राउ


विराटनगर – बिरामीले सेवन गर्ने अतिआवश्यक औषधीको चरम दुरूपयोग गर्दै लागूऔषध बनाएर विक्रीवितरण गरेको आरोपमा प्रहरीले फार्मेसीका संचालकसहित ९ जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० बिराटचोकमा संचालित नेति फर्मा र डे – ड्रिम मेडिसिन सेन्टरका संचालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका फार्मेसीका संचालक सुन्दरहरैचा नगरपालिका–१० का ४५ बर्षीय शुसिल काफ्ले र उनकी श्रीमती ३२ वर्षीया गोमा कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेका काफ्ले र कार्कीले नशाका बिरामीले सेवन गर्ने ‘डाइसाइकोलोमाइन (स्पासपेन) र प्रिगाभालिन नामको औषधीको चरम दुरूपयोग गरि लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको पाइएको औषधी व्यवस्था विभाग विराटनगरका कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले जानकारी दिए ।

स्पासपेन र प्रिगाभालिन मिक्स गर्दा नशा दिने गर्दछ । त्यही भएर फार्मेसी संचालकले औषधीको अनुचित प्रयोग गरेर लागूऔषध प्रयोगकर्तालाई विक्री वितरण गरिएको पाइयो,’ उनले भने, ‘यी औषधीहरु चिकित्सकको सिफारिसमा मात्र विक्री वितरण गर्नुपर्ने हुन्छ ।’

फार्मेसी संचालक काफलको होलसेल र खुद्रा पसल विराटचौकमा रहेको छ । उनको डे – ड्रिम मेडिसिन सेन्टर थोक पसल हो । उक्त पसलको धनी र व्यवसायी काफ्ले स्वयम रहेका छन् । थोक पसलमा स्पासपेन र प्रिगाभालिन औषधी ल्याएर खुद्रा नेती फर्मादेखि लागूऔषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको पाइएको कट्टेलले बताए ।

४० रुपैयाँ पत्तामा विरामीले पाउने स्पासपेन र प्रिगाभालिन कमाउ धन्दामा लागेका फार्मेसीका संचालक काफलले लागूऔषध प्रयोगकर्तालाई पाँचौ गुणा बढी मूल्य ३ ट्याबलेटको २ सय रुपैयाँमा विक्री वितरण गर्ने गरेको पाइएको छ ।

काफलेको पसलदेखि १ नम्बर प्रदेश प्रहरी कार्यलाय विराटनगरको रिट समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा संचय गरेको औषधी पनि बरामद गरेको छ । प्रहरीले स्पासपेन ४४ हजार ३ सय ७० पिस, प्रिगाभालीन १४ हजार ६ सय चक्की बरामद गरेको छ ।

प्रहरीले सेवन कर्ताहरु सुन्दरहरैचा–१ का २३ वर्षीय सनम खवास, सुन्दरहरैचा–१० का ३० वर्षीय अरुण राई, ३५ वर्षीय सनम तामाङ , सुन्दरहरैचा–९ का २४ वर्षीय सुवास राई, २२ बर्षीय जुसन सुनाम, ३१ वर्षीय निमेस परियार र ३४ वर्षीय अनुप खड्कालाई पनि पक्राउ गरेको छ ।

उक्त दुईवटा मेडिकलबाट प्रहरीले  ‘SPAS  PAIAN’- ४४३७० चक्की,  ‘ANTI KOF- १७,६२० चक्की, ‘NEAURIN’-७५- १८,९२३ चक्की, ‘PRE-Z-७५’- १२ सय  चक्की र ‘APABALIN-७५-१४६०० चक्की बरामद गरेको छ

कमाउ धन्दामा लागेका केही फार्मेसी संचालकहरूको बदमासीको कारण बिरामीले सेवन गर्ने औषधीको प्रदेश १ मा चरम दुरूपयोग हुने गरेको पाइएको छ । व्यवसायलाई बदमान गर्न लागी परेका केही फार्मेशी संचालकहरूले औषधीको अनुचित प्रयोग गरि लागूऔषध दुव्र्येसनीहरूलाई बेच्ने गरेको पाइएको हो । यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको पाइएको छ ।

औषधी व्यवस्था विभागले पछिल्लो समय जनगुनासो र प्राप्त सचूनाको आधारमा अनुगमन गर्ने क्रममा औषधीको चरम दुरूपयोग गर्ने गरेको भेटन थालेको हो । सुनसरी र मोरङबाट औषधीको अनुचित रुपयोग गर्ने १० जना फार्मेशी संचालक विरुद्ध औषधी एन अनुसार औषधी व्यवस्था विभाग विराटनगरले मोरङ अदालतमा मुद्दा दर्ता गरेको छ । जसमा सुनसरीमा ७ र मोरङका तीन जनालाई मुद्दा दर्ता गरेको विभागले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ