२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा बालकको मृत्यु प्रकरण : ३ बुँदे सहमतिपछि आफन्तले शव बुझे

कोशीमा बालकको मृत्यु प्रकरण : ३ बुँदे सहमतिपछि आफन्तले शव बुझे


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा ५ महिनाको बालकको मृत्यु भएको घटनामा अस्पतालले आन्तरिक रुपमा छानविन गर्ने प्रतिवद्धतासहित तीन बुँदे सहमति गरेपछि मृतकका आफन्तले शव बुझेका छन् ।

शुक्रबार बिहान १० बजे विराटनगर—६ बह्रमहापुराका सुनिल चौधरीको ५ महिनाको छोराको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तहरुले हस्पिटल र चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै उनीहरुले अस्पताल अगाडी नाराबाजी गरेका थिए ।

अस्पतालका मेसु डा. यज्ञराज खरेल सहित स्थानिय प्रशासन, विराटनगर ६ का वडाअध्य बिजय कामत र मृतकका आफन्तहरुबीच तीन बुद्धे सहमति गरेपछि शुक्रबार दिउँसो साढे १ बजे शव बुझेका हुन् ।

निमोनिया भएर शुक्रबार बिहान ८ बजे कोशीको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । मृतकका आफन्त र अस्पतालबीच बालकको मृत्यु भएको घटनाको अस्पतालले आन्तरिक रुपमा छानवीन गर्ने र छानविन प्रतिवेदन हप्ता दिन भित्रमा सार्वजानिक गरिने, छानविनबाट बिरामीको लापरबाहीले मृत्यु भए उपचारमा संलग्न चिकित्सकलाई कारवाही गरिने, स्वास्थ्यकर्मीहरुको बोल्ने आचरण विरामी मैत्री हुनुपर्ने प्रतिवद्धता हस्पिटलले जनाएपछि सहमति भएको कोशी अस्पतालका मेसु खरेलले बताए ।

बिरामीको मृत्यु भएपछि ठूलो संख्यामा जम्मा भएका बिरामीका आफन्तले प्रदर्शन गर्न थालेपछि प्रहरीले अस्पतालको सुरक्षा दिइरहेको छ । कोशी अस्पतालका आकस्मिक कक्षको विभागीय प्रमुख डा. पुजा कोइरालाले बच्चामा कडा निमोनिए भएको र अस्पतालमा अन्तिम अवस्था भएपछि बिरामी ल्याएको बताइन् ।

‘बच्चालाई कडा निमोनिया थियो । त्यही भएर स्वासप्रश्वासमा समस्या भयो । त्यही बेलामा बच्चाको आमाले दूध पनि खुवाएको कारणले सर्किएर झन समस्या भएको रहेछ,’ डा. कोइरालाले भनिन्, ‘अन्तिम अवस्था भएर हस्पिटल ल्याएको बच्चालाई अस्पताका चिकित्सकहरुले बचाउने कोसिस गर्दा गर्दै बचाउन नसकिएको हो ।’ चिकित्सकले कुनै पनि लापरबाही नगरदिएको उनको भनाइ छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ