२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १राष्ट्रिय स्वास्थ्यकर्मी संघकाे १ नं. प्रदेश अधिवेशन सम्पन्न, अध्यक्षमा धमला

राष्ट्रिय स्वास्थ्यकर्मी संघकाे १ नं. प्रदेश अधिवेशन सम्पन्न, अध्यक्षमा धमला


काठमाडौँ – राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालकाे ऐतिहासिक प्रथम १ नं. प्रदेश अधिवेशन सम्पन्न भएको छ। सुनसरीकाे ईटहरीमा सम्पन्न अधिवेशनको निर्वाचनमा अध्यक्षमा रामकुमार धमला, उपाध्यक्षमा जगतप्रसाद मगर, खुमा गुरागाई, सचिवमा ओम वहादुर खड्का निर्वाचित भएका छन्।

त्यस्तै, काेषाध्यक्षमा पुजा भट्टराई, सहसचिवमा बिमला ओझा र कृष्ण बजगाई निर्विरोध निर्वाचित भएका हुन।

सदस्यहरुमा क्रमश रबिनकुमार पाेख्रेल,सीता आचार्य, अशाेक शिवाकोटी,कुमार प्रसाद दाहाल, सुरेस प्रधान, विरेन्द्र भट्टराई, इन्दिरा आचार्य, नबराज राई, भुपेन्द्र बस्नेत, सविना मगर, किशाेर विष्ट, विशाल राई, महेश थापा, सन्जित रसाइली, सुजित कुमार ओझा, दिव्या श्रेष्ठ, सावित्रा लकाई खड्का, बेचन मण्डल,  लक्ष्मीमाया वनेम, प्रसिद्धा पतङ्वा, याेगराज लिम्बू , एविन कुमार लिम्बु, बल प्रसाद राई, नारायण राउत, दिपेश विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

सुर्य श्रेष्ठ, राजेश बिमली, बालकृष्ण गाैतम, बिनाेद बस्नेत, लभि शाक्य, मनिष सुवेदी, निराजन केसी, रामप्रसाद ढकाल, पुष्कर निराैला, सुस्मित मैनाली, धनकुमार राई, ईश्वरी अधिकारी, मित्रमणी बस्नेत र मीन वहादुर शिवाकोटी सदस्यहरुमा चयन भएका छन्।

त्यस्तै, प्रदेशका १४वटा जिल्ला कार्यसमितिका अध्यक्ष प्रदेशकाे १४ जना प्रदेश सदस्य रहने विधानमा व्यवस्था भएकाे केन्द्रीय महासचिव तथा अधिवेशनका विशिष्ट अतिथि डा. झलक गाैतमले जानकारी दिए।

प्रदेश नं. १ का विभिन्न जिल्लाका १५० चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु प्रतिनिधि रहेकाे अधिवेशनमा सहभागी थिए। अधिवेशनकाे समुद्धघाटन समाराेहमा पूर्वमन्त्री मा. याेगेश भट्टराई प्रमुख अतिथि रहेका थिए। संघकाे केन्द्रीय अधिवेशन भने यहि चैत्र २५,२६ र २७ गते काठमाडौंमा हुदैछ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ