२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बिएण्डसीले विपन्नका लागि सुरु गर्‍यो नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम

बिएण्डसीले विपन्नका लागि सुरु गर्‍यो नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम

प्रतिपरिवार ३५०० बीमा शुल्क दिने निर्देशक प्रसाइको घोषणा


काठमाडौँ – बिएण्डसी मेडिल कलेजले झापाको बाह्रदसी गाउँपालिकाका १५ सय गरिव एवं विपन्न परिवारका लागि नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ। सोमबार कलेजले एक कार्यक्रम आयोजना गरी उक्त जानकारी दिएको हो।

अस्पतालका कार्यकारी निर्देशक तथा नेकपा एमाले केन्द्रीय नेता दुर्गा प्रसाईले अस्पतालकाेतर्फबाट प्रति परिवार ३५०० बीमा शुल्क तिरिदिने घोषणा गरेका छन् । आर्थिक अभावका कारण उपचारबाट कोहि बन्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य विमामा समाहित गराउने अभियान सुरु गरेको कार्यकारी निर्देशक प्रसाईको भनाइ छ।

कार्यक्रममा बोल्दै उनले भने, ‘म दानवीर हैन। तर, म नेपाल आमाको छोरा भएकोले दुख थोरै बाडौं भनेर म यहाँ आएको हुँ। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराबाट नागरिक बन्चित हुनु हुँदैन भन्ने मेरो धारणा हो। अहोरात्र नागरिकको सेवामा खटिरहेको हाम्रो अस्पतालले  उपचारका लागि आएका नागरिकलाई  हुने सक्ने सेवा सुविधामा छुट गरिदिने छ।’

 

यस्तै, कार्यक्रममा बोल्दै प्रदेशका संसद वसन्त बानियाँले झापाकाे पछाडी परेकाे क्षेत्रमा नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम स्वस्थ्य नागरिक बनाउने यो महाअभियानकाे सुरुवात भएको जनाए ।

उनले भने, ‘यस क्षेत्रको स्वास्थ्य सेवालाई नयाँ उचाईमा लग्नेछ । नि:शुल्क स्वास्थ्य बीमाले बिमाको पहुँचमा नभएकालाई राज्यले दिएकाे सेवा लिन सक्छन् ।’ उक्त अभियान निरन्तर हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।

नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य क्षेत्रका लागि अस्पतालको महत्वाकांक्षी योजना रहेको पुर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले बताए। ‘यसबाट पिछडिएका नागरिकलाई ठूलाे राहत मिल्ने छ । अझ क्यान्सर बिरामीकाे लागि याे पैसा ठुलाे सहयाेग हो, ‘उनले भने ।

पुर्वाञ्चल क्यान्सर अस्पतालले ४० वर्ष माथिका महिलाकाे पाठेघर र स्तन क्यान्सरकाे नि:शुल्क स्क्रोनिङ गरिरहेकाे उनको जानकारी गराए   ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ