२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा मल्टिकेयर क्लिनिक संचालन, १५ जनासम्मले रोजगारी पाउने

विराटनगरमा मल्टिकेयर क्लिनिक संचालन, १५ जनासम्मले रोजगारी पाउने


विराटनगर  – विराटनगर ५ बगरगाछी नजिक मल्टिकेयर डेन्टल क्लिनिक संचालनमा आएको छ । सोमबार एक कार्यक्रम आयोजना गरि उक्त क्लिनिक संचालनमा आएको हो ।

क्लिनिकको उद्घाटन टिकामाया बस्नेतले गरेकी हुन्  । अत्याधुनिक उपकरण जडान गरि गुणस्तरीय शिक्षा उपचार प्रदान गर्ने उद्दश्यले क्लिनिक संचालनमा ल्याएको वरिष्ठ दन्त रोग विशेषज्ञ डा.स्वेच्छा शाहले जानकारी दिए । क्लिनिकमा बालबालिकादेखि ज्येष्ठ नागरिसम्मको उपचार हुनेछ ।

‘हामीले संचालनमा गरेको क्लिनीक दातको स्पेशलिटी हो,’ उनले भने, ‘यहाँ आउने बिरामीलाई हामी गुणस्तरीय सेवा दिनेछौं ।’ करिब ६० लाख बढी लगानीमा संचालनमा ल्याएको डेन्टल क्लिनिकमा अत्याधुनिक उपकरण जडान गरिएको ल्याब रहेको छ ।

‘दातको आरसिटी पहिला हातबाट गरिने गरेको थियो,’ डा. शाहले भनिन्, ‘यस क्लिनिकमा सुविधासम्पन्न उपकरण मेसिनबाट हुनेछ।’  क्लिनीक फुल फेजमा संचालनमा आएपछि १० देखि १५ जनासम्मले रोजगारी पाउने डा. शाहले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ