२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १आर्थिक अभावले उपचार हुन सकेन भन्दै प्रकाशले गरे सहयोगको अपिल

आर्थिक अभावले उपचार हुन सकेन भन्दै प्रकाशले गरे सहयोगको अपिल


विराटनगर – टाउँको र श्वास नलीको शल्यक्रिया गरेको पाँच महिना भयो । खुट्टा भाचिएपछि चिकित्सकले शल्यक्रिया गरेपछि स्टिल लगाउन सुझाव दिएको छ । तर, पैसा अभावको कारण उनको पूर्ण रूपमा उपचार हुन सकेको छैन ।

विगत पाँच महिनादेखि मोरङको धनपालथान गाउँपालिका – ५ का ५५ वर्षीय प्रकाश चौधरी भनिने विमलाल सरदारको उपचार गर्ने पैसा नहुदाँ विराटनगरस्थित विराट नर्सिङ होमको शैय्यामा छटपटी रहेका छन् ।

सवारी दुर्घटना परि गम्भिर घाइते भएका प्रकाशको दायाँ खुट्टा भाँचिएपछि उपचार गर्ने पैसाँ नहुदा अस्पतालको जेनरल वाडको शैय्यामा छटपटी रहेका छन् । २७ माघमा मोरङको उर्लाबारी नगरपालिका ८ दुर्गापुरीमा मे ८ प १४१७ नम्बरको मोटसाइकल चालक रोहित पुरीले ठक्कर दिएपछि पैदलयात्री प्रकाश गम्भिर घाइते भएका थिए । दुर्घटनामा परि घाइते भएका प्रकाशलाई तत्काल उपचारको लागि उर्लाबारीको अरनिको अस्पताल लगियो ।

अरनीकोमा उपचार सम्भव नहुने भएपछि थप उपचारको लागि विराट नर्सिङ होममा डिस्चार्ज गरेको थियो । टाउँकोमा रगत जमेपछि उनको विराट नर्सिङ्ग होमका न्यूरो सर्जन डा. विवेक वैद्यको टिमले तत्काल शल्यक्रिया गरेको थियो । बेहोस भएका प्रकाशको राम्रोसँग होस नआएपछि घाँटीको श्वास नलीको पनि शल्यक्रिया गरेपछि होस आएको अस्पतालले जनाएको छ ।

‘न्यूरो आइसियू र एचडीसियू वार्डमा १-१ महिना राखेपछि अहिले जनेरल वार्डमा प्रकाशलाई सारेको छ,’ अस्पतालका अप्रेशनल म्यानेजर महमद ज्याउल हकले भने, ‘बिरामीको क्रमिक रूपमा सुधार भएपछि अहिले जनेरल वार्डमा राखिएको हो । दायाँ खुट्टा भाँचिएको हुनाले शल्यक्रिया गरिनुपर्ने उपचारमा संलग्न चिकित्सकको भनाइ छ । शल्यक्रिया गरेपछि स्टिल पनि लगाउनुपर्ने हुन्छ । अहिले आर्थिक अभावको कारण शल्यक्रिया हुन सकेको छैन ।’

पाँच महिना अस्पतालमा राखेर उपचार गर्दा प्रकाशको १५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । अहिलेसम्म उनले १ लाख १९ हजार रुपैयाँ अस्पताललाई दिएका छन् । दुर्घटना गराउने व्यक्ति रोहित पुरी पनि आर्थिक अवस्था नाजुक रहेको छन् । इलका प्रहरी कार्यालय सिजुवाले पुरीलाई नियन्त्रणमा लिएर ‘सवारी अंगभंग मुद्दामा’ मोरङ अदालतमा मुद्दा दायर गरेको थियो । उपचार खर्च तिर्न नसकेपछि पुरी अहिले पुर्पक्षको लागि थुनामा रहेका छन् । सवारी धनी फरार छन् ।

यसरी दुर्घटना गराउने चालकले खर्च व्यहोर्न नसक्दा र घाइते भएका प्रकाशकसँग उपचार गर्ने पैसा नहुँदा अस्पतालको शैय्यामा छटपटिनु परेको छ । ‘अहिले वैशाखीको साहारामा हिडडुल गर्नुपरेको छ । खुट्टाको दुःखाइले रातभरी सुत्न सुक्दिन । भाँचिएको खुट्टा शल्यक्रिया गरि उपचार गर्न सके अझै केही हदसम्म राहतको अनुभूति गर्ने थिए । आफुसँग भएको पैसा पनि सकियो । अहिले आफुसँग पैसाको नाममा फुटेको कैढी पनि छैन । म जस्तो दुःखीलाई कसले सहयोग गर्छन र बचाइदिनेछन्,’ अस्पतालको शैय्यामा रहेका प्रकाश गहभरी आँसु झार्दै भने, ‘मनकारी व्यक्तिहरूलाई आफ्नो खुट्टाको अप्रेसनको लागि सहयोग गरिदिन आग्रह गर्दछु ।’

दिपकको आर्थिक अभावमा उपचारमा समस्या देखिएको छ । उपचारका लागि अस्पतालमा डिपोजिट गर्नु पर्ने रकम समेत नपुगेपछि समस्या भएको बताइएको छ । खुट्टाको अप्रेशनका लागि स्टिल किन्ने पैसा समेत उनको परिवारले तिर्न सकेको छैन । ‘अस्पतालले स्टिल किन्ने पैसा डिपोजिट गर्न भनेको छ,’ घाइते श्रिमानको कुरूवा बसेकी श्रीमती पार्वती देवी चौधरीले भनिन्, ‘म निम्न आर्थिक अवस्थाको मान्छे, श्रीमानको उपचारका लागि कसरी पैसा जोहो गर्ने हो समस्यामा परेको छु ।’

स्टिल खरिद गर्ने पैसा भएपनि अस्पतालले तत्काल शल्यक्रिया गरिदिने भनेको उनले सुनाइन् । ‘आफुसँग भएको पैसा सकियो । हामी सुकुम्बासी हौं । अर्काको घरमा काम गरेर परिवारको गुजरा चलाउनु परेको छ,’ उनले भनिन्, ‘यत्रो पैसा कहाँबाट ल्याउनु ?’
प्रकाशकोे उपचारमा संलग्न चिकित्सकले उनलाई खुट्टाको अप्रेसन गरेपछि मात्र हिडडुल गर्न सक्ने बताएका छन् ।

समान्य खेती किसानी गर्ने चौधरीको परिवार यतिधेरै समय अस्पतालमा राखेर उपचार कसरी गर्ने भन्ने चिन्तामा उनी रहेका छन् । उनले उपचारमा सहयोग पु¥याउन प्रदेश, स्थानीय सरकारदेखि मनकारी व्यक्तिहरूसँग हारगुहार गरेका छन् ।

अस्पतलाका अप्रेशनल म्यानेजर ज्याउल हकलले पैसा अभावमा प्रकाशको उपचार प्रभावित भएको बताए । ‘गम्भिर बिरामी भएर आएका प्रकाश टाउँको र श्वास नलीको हामीले अप्रेसन गरेर बचाएका छौं । बिरामीको सम्पूर्ण रेखदेख गरेर अस्पतालले राखेको छ, ‘उनले भने, ‘ अब खुट्टाको अप्रेशन गरिनुपर्ने चिकित्सकले भनेका छन् । त्यसको लागि स्टिल आवश्यक पर्दछ । शल्यक्रिया त अस्पतालले गर्नेछ । तर, बिरामीसँग स्टिल किन्ने पैसा नभएर समस्या भएको हो । मान्छे बचाउनु पहिलो कर्तब्य हाम्रो हो त्यसतर्फ अस्पतालको ध्यान गएको छ । पैसा अभावका कारण उनको उपचार रोकिएको भने छैन ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ