२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरोको स्वास्थ्य शिविरमा तीन सय बढीको निःशुल्क स्वास्थ्य जाँच

न्यूरोको स्वास्थ्य शिविरमा तीन सय बढीको निःशुल्क स्वास्थ्य जाँच


विराटनगर—विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मोरङको रंगेली नगरपालिका–३ रन्जनी स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

रंगेली नगरपालिकाको आयोजनामा भएको शिविरमा न्यरो सर्जन डा. आशिषजंग थापा, वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. निशा अधिकारी, वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेशप्रसाद शाह, मेडिकल अफिसर डा. मो. सिद्दिक, डा. क्षितिज पोखरेल, डा. सुमन पण्डितलगायतको स्वास्थ्य टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

शिविरमा तीन सयभन्दा बढी बिरामीहरुको स्वास्थ्य जाँच गरिएको शिविरमा औषधि पनि निःशुल्क वितरण गरिएको थियो ।

न्युरो अस्पतालले विभिन्न स्वास्थ्य सचेतना कार्यक्रमहरु गर्नुको साथै निः शुल्क स्वास्थ्य शिविरहरु १ नं प्रदेश र मधेश प्रदेशका विभिन्न क्षेत्रमा गर्दै आएको छ । आगमी दिनमा पनि यस्ता शिविर र सचेतना कार्यक्रमलाई निरन्तरता दिने अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ