२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विद्युत अवरुद्ध हुँदा कोशी अस्पतालको सेवा प्रभावित, पाँच घण्टापछि ओपीडी खुल्यो

विद्युत अवरुद्ध हुँदा कोशी अस्पतालको सेवा प्रभावित, पाँच घण्टापछि ओपीडी खुल्यो


विराटनगर – गएराती परेको वर्षाको कारणले कोशी अस्पतालको विद्युत अवरुद्ध हुदा सेवा प्रभावित भएको छ । कोशी अस्पतालको ओपीडीतर्फ जाने लाइन बिग्रिदा बिहिबार पाँच घण्टा सेवा प्रभावित भएको हो ।

पाँच घण्टा सेवा प्रभावित हुँदा अस्पतालमा उपचार गर्न आएका सेवाग्राहीले सास्ती पाएका छन् । विराटनगरकी अन्जली रायले अस्पताल आएको पाँच घण्टा बितिसक्दा पनि उपचार नपाएको बताइन् । ‘दाँत साह्रै दुःखेपछि अस्पताल सबेरै आएको थिए । ८ बजे अस्पताल आइपुग्दा ओपीडीमा लाइन नभएको भन्दै कर्मचारीले पूर्जी नकाटि बसेका थिए,’ उनले भनिन, ‘११ बजेसम्म लाइन आउँछ भन्दै लामबद्ध भएर बसेको थिए । त्यसबेलासम्म पनि लाइन नआएपछि निजी हस्पिटलमा गएर दुःखेको दाँत देखाए ।’

विद्युत अवरुद्ध भएको पाँच घण्टापछि ओओपीडीमा १२ बजेपछि मात्र विद्युत आएपछि सेवा सुचारु भएको थियो । अस्पतालले वैकल्पिक व्यवस्था नराख्दा विरामीले सास्ती पाउनु परेको स्थानिय देशबन्धु ढकालले बताए । ‘अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा वैकल्पिक व्यवस्था राखिनु पर्ने हो । तर, कोशी अस्पतालमा ओपीडीतर्फ जाने विद्युत लाइनको लागि वैकल्पिक व्यवस्था नगर्दा सेवाग्राहीले सास्ती पाउनुपरेको छ,’ उनले भने, ‘अस्पताल प्रशासनले यो चाडै सावधान गरिनु पर्दछ ।’

मेन लाइनको केबुलमा राति वर्षाको कारणले बिग्रिएपछि तत्काल प्राविधिक ल्याएर मर्मत सम्भार गरेर अहिले संचालनमा आएको कोशी अस्पतालका विद्युत शाखाका प्रमुख बद्री दाहालले बताए । विद्युतमा समस्या भएको कारणले केही घण्टा ओपीडीमा मात्र सेवा प्रभावहमा अवरुद्ध भएको कोशी अस्पतालका मेसु डा. यज्ञ खरेलले बताए । प्राविधिकहरुले विग्रिएको विद्युत बनाएपछि अहिले ओपीडी  सुचारु भएको उनले बताए ।

कोशी अस्पतालमा दैनिक ओपीडीमा ८ सय देखि एक हजारले सेवा लिने गरेको अस्पतालले जनाएको छ । विद्युत अवरुद्ध हुदाँ ओपीडीमा मात्र सेवा प्रभावित भएको थियो भने अन्य सेवाहरू संचालनमा रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ