२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १३ सय ५० जनाले लिए न्यूरोको निःशुल्क शिविरबाट स्वास्थ्य सेवा

३ सय ५० जनाले लिए न्यूरोको निःशुल्क शिविरबाट स्वास्थ्य सेवा


विराटनगर–विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले मोरङको रंगेली नगरपालिका–५ आपगाछीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शुक्रबार स्थानीय जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० जना विरामीको उपचार गरेको न्यूरो अस्पतालले जनाएको छ ।

शिविरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोली पुगेर बिरामीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा न्यूरो अस्पतालका वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ शैलजा क्षेत्री (श्रेष्ठं), न्यरो सर्जन डा. आशिषजंग थापा, बरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. निशा अधिकारी, वरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेशप्रसाद शाह, मुटु रोग विशेषज्ञ डा. राजन कर्ण, मेडिकल अफिसर डा. मो. सिद्दिक, डा. प्रिन्सकुमार शाह, डा. विकास यादवलगायतका चिकित्सकहरूले बिरामीको स्वास्थ्य उपचार गरेका थिए ।

स्वास्थ्य जाँच गरिएको बिरामीहरूको इसिजी, इकोकार्डियोग्राफी, अल्ट्रासाउण्डसमेत निःशुल्क गरिएको थियो । चिकित्सकले स्वास्थ्य जाँच गरेपछि बिरामीलाई आवश्यक पर्ने औषधि पनि निःशुल्क वितरण गरेको अस्पतालले जनाएको छ । एउटै छानामुनि न्यूरो अस्पतालबाट गएका चिकित्सकले स्थानीयस्तरमा निःशुल्क स्वास्थ्य उपचार पाएपछि बिरामी हर्षित देखिन्थे । न्यूरो अस्पतालले अघिल्लो हप्ता पनि रंगेली नगरपालिकामा निःशुल्क स्वास्थ्य उपचार गरेको थियो ।

आर्थिक विपन्न र स्वास्थ्य उपचारबाट बन्चित भएका बिरामीहरूलाई लक्षित गरी प्रदेश १ र मधेश प्रदेशका विभिन्न ग्रामीण वस्तीहरूमा पुगेर न्यूरो अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टिमले विरामीलाई स्थानीयस्तरमा सेवा प्रवाह गर्दै आएको अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर अस्पतालले यस्ता सामाजिक कार्य र स्वास्थ्य सचेता अभियानहरूलाई आगमी दिनमा निरन्तरा दिदै अगाडि बढाउने उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ