२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा फोहोर बिक्री गरेर आम्दानी, मासिक एक लाखसम्म कमाउने गर्ने लक्ष्य

कोशी अस्पतालमा फोहोर बिक्री गरेर आम्दानी, मासिक एक लाखसम्म कमाउने गर्ने लक्ष्य


विराटनगर–देशका प्रमुख सहरहरूमा फोहोर व्यवस्थापन गर्न चुनौती बनिरहेको बेला विराटनगरस्थित कोशी अस्पतालमा उत्सर्जन हुने फोहोरबाट आम्दानी गर्न थालेको छ । शुक्रबार कोशी अस्पतालले फोहोर बिक्री गरेर पहिलो पटक ६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

विगतमा अस्पतालमा उत्सर्जन हुने फोहोर त्यतिकै फाल्ने गरेकोमा त्यसबाट आम्दानी लिने गरी अस्पताल प्रशासनले व्यवस्थापन गरेपछि कमाइ हुन थालेको हो ।

अस्पतालको सुधारमा क्रियाशील रहेका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) डा.यज्ञराज खरेलले अस्पतालबाट उत्सर्जन हुने फोहोरलाई छुट्याएर बिक्री योग्य वस्तु बिक्री गर्ने व्यवस्था मिलाएका हुन् ।

‘अस्पतालले फोहोर बेचेर पहिलो पटक आम्दानी गरेको छ । हामीले शुक्रबारमात्र ६ हजार रुपैयाँको फोहोर बिक्री ग¥यौं,’ उनले भने, ‘अब यसलाई निरन्तरता दिन्छौं ।’ फोहोर बिक्री गरेर मासिक एक लाख रुपैयाँसम्म आम्दानी हुन सक्ने अस्पतालको अनुमान छ ।

अस्पतालमा प्रयोग हुने स्लाइनका खाली बोतल, पाइप, सिरिन्ज, निडिलजस्ता वस्तु छुट्याएर बिक्री गरेको डा. खरेलले जानकारी दिएका छन् । अस्पतालमा उपचार गराउने बिरामी र कुरुवाहरुले प्रयोग गर्ने प्लाष्टिकजन्य वस्तु तथा बोतलहरुसमे संकलन गरेर अस्पतालले आम्दानी लिन थालेको हो । विगतमा अस्पतालबाट बोतललगायतका वस्तु कवाडी संकलन गर्नेहरुले लैजाने गरेका थिए । अब कवाडी संकलकहरुलाई प्रवेश गर्न रोक लगाएको अस्पताल प्रशासनले जनाएको छ ।

कोशी अस्पतालले प्रसुतिका क्रममा उत्सर्जन हुने फोहोर तथा सालनाल, शल्यक्रियाबाट निस्किने ट्युमर आदि वस्तुबाट जैविक ग्यास उत्पादन गरी लाभ लिदै आएको छ । अस्पतालबाट उत्सर्जन हुने फोहोर विसर्जनमा समस्या रहेको र सुरक्षित इन्सिनेरेटर नभएको बेला फोहोर बिक्री गरेर आम्दानी गर्ने उपाय प्रभावकारी हुने अस्पतालको बुझाइ छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ