२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १वी.पी. प्रतिष्ठानमा ७ दिने योग शिविर हुँदै

वी.पी. प्रतिष्ठानमा ७ दिने योग शिविर हुँदै


काठमाडौँ – वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ दिने योग शिविर संचालन हुने भएको छ । अन्तर्राष्ट्रिय योग दिवस (२१ जुन) का अवसरमा ७ दिने योग शिविर संचालन हुने प्रतिष्ठानका प्रवक्ता डा. चुनामणि पोखरेलले जानकारी दिएका हुन्।

उनका अनुसार मंगलबार बिहान ५:३०बजे प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले गर्ने भएका छन्।

सो शिविर प्रतिष्ठानको योगा एण्ड लाइफस्टाइल क्लिनिक, बेसिक एण्ड क्लिनिकल फिजियोलोजी विभागले प्रतिष्ठानका शिक्षक, चिकित्सक, कर्मचारी र विद्यार्थीका लागि आयोजना गर्न लागेको विभागका विभागिय प्रमुख प्रा.डा.दिलीप ठाकुरले जानकारी दिए।

 ७, असारदेखि १३ सम्म संचालन हुने शिविरमा विहान ६ बजेदेखि ७ बजे १ घण्टा योग अभ्यास हुनेछ । उक्त शिविर विभागअन्तर्गतको योगा एण्ड लाइफस्टाइल क्लिनिकका योग प्रशिक्षक नविन काफ्लेले प्रशिक्षण दिनेछन्।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ