२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १गेटा मेडिकल कलेज अस्पतालको निर्देशकमा डा. प्रमोद जोशी नियुक्त

गेटा मेडिकल कलेज अस्पतालको निर्देशकमा डा. प्रमोद जोशी नियुक्त


काठमाडौं—प्रस्तावित गेटा मेडिकल कलेज अस्पतालको निर्देशकमा डा. प्रमोद जोशी नियुक्त भएका छन् । मंगलबारको क्याबिनेट बैठकले डा. जोशीलाई अस्पताल निर्देशकमा नियुक्त गरेको हो ।

भौतिक पूर्वाधारको निर्माण सम्पन्न भइसकेको भएपनि कानुन अभावमा गेटा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । सरकारले गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपूर्व त्यहाँ अस्पताल सञ्चालन गर्ने निर्णय तयारी गरेको छ ।

‘उहाँलाई क्याबिनेट बैठकले गेटा मेडिकल कलेज अस्पतालको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो,’ स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकालले भने ।

गेटामा अस्पताल सञ्चालन ल्याइसकेपछि गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउने सरकारको तयारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिने यसअघि नै बताइसकेका छन् ।

यसअघि डा. जोशी राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेडिकल सुपरिटेन्डेन्ट रहेका थिए । त्यसअघि डा. जोशीले लामो समय धनगढीस्थित सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा काम गरेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ