२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पोषणमा लगानी बढाउन स्वास्थ्यकर्मीको जोड

पोषणमा लगानी बढाउन स्वास्थ्यकर्मीको जोड


विराटनगर–राज्यले पोषणमा लगानी बढाउनुपर्ने एक कार्यक्रममा स्वास्वास्थ्यकर्मीहरूले बताएका छन् । राज्यले पोषणमा पर्याप्त बजेट विनियोजन नगरेको कारण कूपोषण र ख्याउटेपनको संख्यामा वृद्धि आएको भन्दै उनीहरूले पोषणमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् ।

आइतबारबाट स्वास्थ्य कार्यालय मोरङको आयोजनामा विराटनगरमा सुरू भएको पोषण सम्बन्धी अभिमुखीकरण तथा पैरवी कार्यक्रममा बोल्दै डा. सुरेश मेहताले सन्तुलित भोजनको अभाव, कम उमेरमा बच्चा जन्माउनु, गर्भवती र शिशुले स्याहार सुसार नपाउनुलगायत कारण कूपोषणको समस्या देखा परेको बताए । स्वास्थ्यसम्बन्धी सचेतनाको अभावका कारण कम उमेरमा बच्चा जन्माउनु, जन्मिएको बच्चालाई नियमित स्तनपानमा नगराउनु, खानपिन र स्याहार सुसारमा ध्यान नदिनुलगायत कारण कुपोषण बढ्दै गएको स्वास्थ्य कार्यालय मोरङका प्रमुखसमेत रहेका डा. मेहताले बताए ।

‘आर्थिक अवस्था कमजोर हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सन्तुलित भोजन खाँदैनन्,’ उनले भने, ‘अधिकांशले पेट भर्ने हिसाबले मात्र खाना खाँदा पनि कूपोषण घट्न नसकेको हो ।’ उनकाअनुसार त्यही भएर प्रदेश, स्थानीय सरकारले पोषणमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

उनका अनुसार प्रदेश १ मा २५ प्रतिशत बालबालिकाहरुमा कूपोषण देखिएको बताए । ‘४५ प्रतिशत मृत्युको कारण कूपोषण तथ्याकहरूले देखाएको छ,’ डा. मेहताले भने, ‘अहिले प्रदेश १ को तराईको क्षेत्रहरूमा कूपोषण बढी देखिएको छ । कूपोषण हुन निदान राज्यले पोषणमा लगानी बढाउनुपर्ने देखिन्छ ।’ उनकाअनुसार प्रदेश १ मा १४ प्रतिशत ख्याउटेपन रहेको जानकारी गराए । ‘उमेर अनुसारको हाइट र तौल नहुनुलाई ख्याउटेपन भनिन्छ,’ डा. मेहताले भने ।

कार्यक्रममा बोल्दै प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलले खानपीनमा ध्यान दिन सकेमात्र कुपोषणबाट बालवालिकाहरुलाई बचाउन सकिने बताए । कूपोषण हुन नदिन सचेता जोगाउन पनि जरुरी रहेको उनले बताए ।

सोमबारसम्म संचालन हुने गोष्ठीमा मोरङका १७ वटा स्थानीय तहका प्रमुख, उपप्रुमख, अध्यक्ष र उपाध्यक्षहरूको सहभागिता रहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ