२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा आइतबारबाट बालबालिकालाई ‘फाइजर’ खोप लगाउन सुरू

मोरङमा आइतबारबाट बालबालिकालाई ‘फाइजर’ खोप लगाउन सुरू

१ लाख ३५ हजार बालबालिकालाई खोप लगाइने


विराटनगर—स्वास्थ्य कार्यालय मोरङले बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरू गरेको छ । आइतबार स्वास्थ्य कार्यालय मोरङले जहदा–१ जनता बाल आधारभूत विद्यालयमा एक कार्यक्रम आयोजना गरेर खोप कार्यक्रमको शुभारम्भ गरेको हो ।

प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले भ्याक्सिन क्यारियर स्वास्थ्यकर्मीलाई दिएर खोप कार्यक्रमको शुभाराम्भ गरेका थिए ।

पाँच वर्षभन्दा माथि र ११ वर्षसम्मका बालबालिकाहरूको लागि ‘फाइजर बायोएनटेक’ खोप लगाउने कार्यक्रम मोरङमा सुरु भएको खोप शाखा प्रमुख कन्हैया साहले बताए ।

मोरङ जिल्लाभरीको १७ वटै स्थानीय तहहरूमा असार १२ देखि १७ गतेसम्म खोप लगाइनेछ । खोप शाखा प्रमुख साहले मोरङमा ५ वर्षभन्दामाथि र ११ वर्षसम्मका १ लाख ४५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको बताए ।

७ सयजना स्वास्थ्यकर्मी र १ हजार ६ सय जना स्वयंसेवीहरूले १७ वटै स्थानीय तहको खोप केन्द्रमा पुगेर कोभिड–१९ विरुद्धको खोप बालबालिकालाई लगाउन सुरु गरेका छन् ।

खोप अभियानमा बोल्दै स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताले बालबालिकालाई लगाइने खोप ९१ प्रतिशत प्रभावकारी रहेको बताए । ‘फाइजर बायोएनटेक खोप अमेरिकामा बनेको हो । यो धेरै सुरक्षित छ,’ डा. मेहताले भने, ‘ढुक्क भएर खोप लगाउन बालबालिका र अभिभावकलाई आग्रह गर्दछु ।’

जिल्लाको ७ सय ९६ वटा खोप केन्द्रहरूबाट बालबालिकालाई खोप लगाइन्छ । खोप केन्द्र स्थानीय तहमा रहेका विद्यालय, स्वास्थ्य संस्थाहरूमा तोकिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ