२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १२९ वर्षीया चिकित्सकद्वारा ६ हप्ताको गर्भ खेर जाने गरी कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

२९ वर्षीया चिकित्सकद्वारा ६ हप्ताको गर्भ खेर जाने गरी कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

प्रहरीमा जाहेरी दिएपछि ज्यान लिने धम्की


विराटनगर–मोरङको ग्रामथान गाउँपालिका–२ घर भएर बुढीगंगामा डेरा गरी बस्ने २९ वर्षीय एकजना महिला चिकित्सककोे ६ हप्ताको गर्भ खेर जाने गरी परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । डा. अप्सरा (परिवर्तित नाम)की ती चिकित्सकलाई विराटनगर–३ फुटबल चौक घर भएका २५ वर्षीय अभिषेक झा र उनका परिवारका सदस्य गर्भ खेर जाने गरी कुटपिट गरेको भन्दै मोरङ प्रहरीमा उजुरी परेको छ ।

डा. अप्सराले ९ जेठमा झासहित उनका परिवारका सदस्यले गर्भ रहेको पेटमा लाती, मुक्का प्रहार गरी ६हप्ताको गर्भ तुवाइदिएको आरोप छ । विराटनगरस्थित कोशी अस्पतालमा १६ जेठमा स्वास्थ्य परीक्षण गर्दा कुटपिट गरेको कारणले गर्भपतन भएको रिपोर्ट आएको छ ।

कुटपिटको कारणले गर्भ खेर गएको अस्पतालको रिपोर्टले पनि पुष्टि गरेपछि झासहित उनका परिवारका पाँच जना सदस्य विरूद्ध मोरङ प्रहरीमा ‘गर्भ संरक्षण विरुद्धको कसुर’मा जाहेरी दिएकी छिन् । पीडित ती महिला चिकित्सकले १७ जेठमा जाहेरी दिएपछि मोरङ प्रहरीले अनुसन्धान गर्दै आएको छ । अदालतबाट फर्किएपछि आफूमाथि कुटपिट भएको ती चिकित्सकको भनाइ छ ।

‘गर्भमा लातै लाताले प्रहार गरिरहे’

अदालतबाट घर फर्किदै थिए । फुटबल चौकमा अदालतका कर्मचारीकै सामुन्ने मलाई गालीगलौज अपशब्द बोली मेरो पेटमा गर्भ रहेको कुरा थाहा हुँदाहुँदै गर्भ पतन हुने गरी मेरो पेटमा लात्ती मुक्का गरेर र मेरो मोबाइल खोसी फुटाइ दिए । यसभन्दा अगाडि पनि मलाई जिउँदै जलाई दिन्छु तेरो पेटको बच्चा गर्भपतन गराई दिन्छौ मारी फाली दिन्छौं भन्दै धाकधम्की दिने पिट्ने गर्दै आएका थिए ।

२०७९ जेठ ९ गतेको प्रहारबाट मलाई असाध्यै पीडा भयो । मेरो गर्भमा असर परी लगातार ब्लिडिङ भएपछि जेठ १३ गते मोरङ अदालतमा घाउ जाच केस फारमको लागि निवेदन दिए । सोही घाउ जाँच केश फारमको तथा शरीर परीक्षणको आदेश भएको तर उक्त दिन घाउ जाँच तथा शरीर परीक्षण हुन सकेन् । त्यसपछि जेठ १६ गते मेरो घाउ जाँच केश फारम हुँदा विपक्षीहरुको कुटाइको कारण गर्भपतन भएको अवस्था छ ।

यसरी विपक्षीहरुलाई मेरो गर्भ रहेको कुरा थाहा हुँदाहुँदै गर्भपतन गराउने उद्देश्य र मनसायले मेरो पेटमा कुटपिट गर्नुभएको उक्त कार्य मुलुकी अपराध संहिता, २०७४ को दफा १८८ विरुद्धको कसूर भएको मेरो गर्भ १२ हप्ता भित्रकै भएकाले विपक्षीहरुलाई पक्राउ गरी मुलुकी अपारध संहिता, २०७४ को दफा १८८(३) (क) बमोजिम हदैसम्म सजायको माग गर्दछु ।

नोट : पीडितले दिएको जाहेरीमा आधारित कुराकानी

जाहेरी दिएपछि ज्यान मार्ने धम्की

अभिषेक कुमार झासहितका परिवारका सदस्यले गर्भ तुहिने गरी कुटपिट गरेको भन्दै मोरङ प्रहरीमा ‘गर्भ संरक्षण विरुद्धको कसुर’ मा जाहेरी दिएपछि ज्यान मार्ने धाकधम्की दिएको पीडितले बताएकी छिन् ।

‘प्रहरीमा जाहेरी दर्ता गराएपछि अहिले मलाई धाकधम्की दिने गरेका छन्,’ उनले भनिन्, ‘एक दिन मार्ने उद्देश्यले अभिषेकसहित उनका मामाको गाडीले ठक्कर पनि दिएको थियो ।’

२३ जेठमा अदालतको काम र घाउ जाँचको प्रतिलिपी लिएर आफ्नो डेरातर्फ जादै गर्दा अभिषेक चढेको गाडीले ठक्कर दिएको उनले बताइन् । ‘अदालतको काम सकेर सिटी सफारी चढेर डेरातर्फ जाँदै थिए । भट्टाचौक पुगेपछि अभिषेक र उनका मामा चढेको गाडीले ठक्कर दियो । त्यसपछि सिटी डिस ब्यालेन्स भयो । गाडी फरार भयो । त्यो सिसी टिभीमा पनि देखिन्छ । म आफू भने भाग्यबस बाचे ।’

आरोपी घरमै, प्रहरीले गरेन पक्राउ

६ हप्ताको गर्भ तुहिने गरी कुटपिट गर्ने आरोपीलाई अहिलेसम्म प्रहरीले पक्राउ नगरेको पीडितको गुनासो रहेको छ । घरगाउँमा खुल्लेआम हिडडुल गर्दा पनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएको उनले बताइन् ।

‘विराटनगरको फुटबल चौकमा गर्भपतन गराउने अभिषेकसहितका उनका परिवार घरमै रहेका छन्,’ ती चिकित्सकले भनिन्, ‘प्रहरीले पक्राउ गरी कारवाहीको दायरामा ल्याउने चासो देखाएको पाइदैन् ।’

यता मोरङ प्रहरीका डिएसपी राजन कार्कीले ‘गर्भ संरक्षण विरुद्धको कसुर’ मा उजुरी दर्ता भएकाले अहिले अनुसन्धान भइरहेको बताए । ‘यस घटनामा हामीले गम्भिर रुपमा हेरेका छौं,’ डिएसपी कार्कीले भने, ‘घटनामा संलग्न भएका व्यक्तिहरू फरार छन् । अहिले हामीले खोजी कार्यलाई तीव्र बनाएका छौं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ