२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मेरूदण्डमा देखिएको ट्युमरको आर्या न्यूरोमा सफल शल्यक्रिया

मेरूदण्डमा देखिएको ट्युमरको आर्या न्यूरोमा सफल शल्यक्रिया


विराटनगर – विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलमा एक जना बिरामीको मेरूदण्ड (स्पाइन कर्ड) मा देखिएको ट्युमरको सफल शल्यक्रिया भएको छ । उदयपुरको त्रियुगा नगरपालिका – ५ गाईघाटका ६२ वर्षीय कुमार प्रसाद घिमिरेको मेरुदण्डको स्पाइन कर्डमा भएको ट्युमरको सफल शल्यक्रिया भएको हो ।

हिडिरहेको बेला गत पुस १५ गते घिमिरेको दुवै खुट्टा चल्न छोडेको थियो । उनलाई हिडडुल र शौच गर्न अरुको साहारा आवश्यक पर्ने गरेको थियो । घिमिरेको उपचारको लागि आफन्तले  काठमाडौँ  लगेका थिए ।काठमाडौँको अस्पतालमा मेरूदण्डको एमआरआइ गरेपछि ट्युमर देखियो ।

घिमिरे परिवारले मेरूदण्डको ट्युमरको उपचार आर्या न्यूरो अस्पतालमा उपचार हुने गरेको पत्तो पाएपछि उनीहरू वैशाख २३ गते हस्पिटल आए । आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टीमले घिमिरेको बिनाइ ट्युमरको सफल शल्यक्रिया गरेको हो ।

‘स्पाइनल हेमनजिओमा भएको झण्डै ४ महिनाको अवधि भइसकेकाले खुट्टा चल्न छाडेको थियो । हेमनजीयोमा एक्सिजन गरेर मेडिकल स्क्रिुप राखेर स्पाइनलाई बलियो बनाएको छु,’ डा. नेपालले भने, ‘यो रोग कमै मात्रमा देखिने गर्दछ । शल्यक्रिया गरेपछि बिरामी ठिक हुँदै गएको छ ।’ विस्तारै  बिरामी ठिक भएर जाने उनको भनाई छ ।

दुई दिन आइसियूमा राखेपछि बिरामी घिमिरेलाई जनरल वार्डमा राखिएको थियो । करिब २४ दिन हस्पिटलमा विरामी राखेपछि जेठ १८ गते डिस्चार्ज गरिएको थियो । शुक्रबार फलोअपमा आउँदा घिमिरे आफै हिडेर हस्पिटल आए । उनी छोरा नारायण र कान्छी छोरी जुना घिमिरेसँग फलोअपमा डाक्टरसँग चेकजाँचको लागि आएका थिए ।

‘पहिला दुवै खुट्टा चल्न छाडेर थला परेर बसेको मान्छे आज सफल उपचार आएपछि यसरी हिहडुल गर्न पाएको छु,’आर्या न्यूरो हस्पिटलको ओपीडिमा भेटिएका घिमिरेले भने, ‘यो हस्पिटलका चिकित्सक डा. पंकज नेपालले मलाइ पुन जन्म दिनुभयो । उपचार संलग्न चिकत्सकप्रति कृतज्ञ भएको छु ।’

घिमिरे शुक्रबार दोस्रो पटक फलोअपमा आएका हुन् । ‘बुवालाई बचाउन आर्या न्यूरो हस्पिटलले गरेको यो उपचार हामी बिर्सन सक्दैनौं । उपचारमा सहयोग पु¥याउने चिकित्सकहरु प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाउनुभयो । अहिले हिडडुल गर्न सक्ने हुनुभएको छ । बुवाले नयाँ जीवन पाउनुभएको छ,’ छोरी जुनाले भनिन् । घिमिरे परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए ।

यसअघि पनि आर्या न्युरो हस्पिटले जटिल प्रकृतिका बिरामीहरुको पनि सफल गरेको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाइसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गर्न थालेको हो ।

यसरी एक पछि अर्को जटिल प्रकृतिका विरामीको सफल उपचार गरि पूर्वाञ्चलमै कम खर्चमा गुणस्तरीय उपचार हुने भरपर्दो अस्पतालको रुपमा स्थापित हुदै आएको देखिन्छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ