२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङका १७ जना स्वास्थ्य स्वयंसेविका सम्मानित

मोरङका १७ जना स्वास्थ्य स्वयंसेविका सम्मानित


विराटनगर—स्वास्थ्य कार्यालय मोरङले १७ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । मंगलबार मोरङका १७ वटा स्थानीय तहका १/१ जना उत्कृष्ट स्वास्थ्य स्वयंसेविकालाई विराटनगरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो ।

स्थानीयस्तरमा रहेर उत्कृष्ट काम गर्ने मोरङका एक पालिका, एक राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । यसरी सम्मानित हुनेहरूमा मिक्लाजुङ गाउँपालिकाकी शर्मिला भण्डारी, लेटाङ नगरपालिकाका शान्ता राई, केराबारी गाउँपालिकाकी हर्क माया भण्डारी, रतुवामाई नगरपालिकाकी गीता राजवंशी, सुनवर्षीकी निर्मला उप्रेती, रंगेली नगरपालिकाकी रीतादेवी झारहेका छन् ।

यस्तै, ग्रामथानकी चन्दा थारु, बुढीगंगाकी जमुनाकुमारी माझी चौधरी, धनपालथानकी कलादेवी सरदार, जहदाकी रितादेवी मण्डल, कटहरीकी सीतादेवी मण्डल, पथरी शनिश्चरेकी वर्षा भण्डारी, उर्लाबारीकी दिक माया लिम्बु, कानेपोखरीकी इन्दिरा दाहाल, बेलबारीकी तेज कुमारी बस्नेत, सुन्दरहरैचा नगरपालिकाकी सुशीला सिंह र विराटनगर महानगरपालिकाकाकी हिंसा देवी सरदारलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूलाई प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । महिला स्वयंसेविकाहरू वि.सं. २०४६ सालदेखि आधरभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको मोरङ स्वास्थ्य कार्यालय मोरङका खोप शाखा प्रमुख कन्हैया साहले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ