२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बन्द भएको एकसाता पछि एम्स अस्पतालको सेवा पुन: सुचारु

बन्द भएको एकसाता पछि एम्स अस्पतालको सेवा पुन: सुचारु


विराटनगर –  विराटनगरस्थित एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिले पुन: सेवा सुचारु गरेको छ  । अस्पतालले आइतबार एक सूचना जारी गर्दै पुन: सेवा सुचारु भएको जानकारी गराएको हो ।

आन्तरिक द्वन्द भएपछि बन्द भएको अस्पतालले एक सातापछि पुन: सेवा सुचारु गरेको हो । पुरानै संचालकले अस्पताल संचालनमा ल्याएका छन्। संचालनमा आएको हस्पिटल बीमा कार्यक्रमलाई निरन्तरता दिँदै सुरू गरेको हस्पिटलका प्रवन्धक निर्देशक अजय यादवले जानकारी दिए ।

‘यस अस्पताल संस्थापकसँग विशाल अग्रवालको सम्झौता भइ संचालन भएको र अचानक बिना जानकारी विशाल अग्रवालले यस अस्पतालको विभिन्न सामान, प्रशासनिक र आर्थिक कारोबारको सम्पूर्ण कागजात, कम्प्युटरसहित अस्पताल छोडी सम्पर्कविहीन हुनुभएकोले निज उपर कानुनी प्रक्रिया अगाडी बढीसकेकोले आज मिति २०७९-०४-८ गते देखि संस्थापक पक्षत्रबाट बीमा कार्यक्रमसहित यस एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रा.लि. संचालनमा रहेको सम्पूर्ण महानुभावहरुमा जानकारी गराउँदछौं,’ हस्पिटलले जारी गरेको सूचनामा उल्लेख छ ।

५० शैय्याको अस्पताल अजय यादवसँग सम्झौता गरेपछि कोशी अस्पतालमा कार्यरत सर्जन डा. विशाल अग्रवालको टिमले संचालन गरेको थियो । मासिक ५ लाख र ५ लाख रूपैयाँ नाफा दिनुपर्ने सर्त राखेर २०७८ पुस २२ गते सम्झौता गरेपछि डा. अग्रवालले डेढ वर्षसम्मको लागि भाडामा लिएका थिए ।

तर, अग्रवालले प्रशासन प्रमुखको जिम्मेवारी लिएर संचालन गरेको ६ महिना पनि पुग्न नपाउँदै हस्पिटल बन्द भएको थियो । अग्रवालले सम्झौता गरे अनुसार पैसाँ नदिएको र उल्टै अस्पतालको उपकरणहरु लिएर सम्र्पकविहनी भएको यादवको आरोप छ । बन्द भएको अस्पताल पुरानै संस्थापन समूहले संचालनमा ल्याएको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ