२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य बिमा बोर्डले जानकारी बिनै विराट टिचिङ हस्पिटलको ‘बिलिङ सफ्टवेयर’ बन्द गरिदिएपछि बिरामी समस्यामा

स्वास्थ्य बिमा बोर्डले जानकारी बिनै विराट टिचिङ हस्पिटलको ‘बिलिङ सफ्टवेयर’ बन्द गरिदिएपछि बिरामी समस्यामा


विराटनगर-स्वास्थ्य बिमा बोर्डले मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको बिलिङ सफ्टयेर बन्द गरिदिएको छ । मंगलबार दिउँसो १० बजेबाट स्वास्थ्य बिमाको अभिलेखीकरण गरिने सफ्टवेयर स्वास्थ्य बिमा बोर्डले जानकारी बिना बन्द गरिदिएको हो ।

बिमाको सफ्टवेयर स्वास्थ्य बिमा बोर्डले दिएको युजर आइडी हस्पिटललाई दिएको थियो । स्वास्थ्य बिमामार्फत उपचार गर्न आउने बिरामीको अभिलेखीकरण उक्त सफ्टवेयरबाट सबमिट गरिँदै आएकोमा मंगलबार दिउँसोबाट एक्कासी रूपमा बिमा बोर्डले बन्द गरिदिएको हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिए ।

‘आर्थिक विपन्न बिरामीहरू आउने भएकोले हामीले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिरामीहरूलाई स्वास्थ्य उपचार गरिरहेका थियौँ । यसै क्रममा मंगलबार दिउँसोबाट बिमाको विवरण बिलिङ गर्ने सफ्टवेयर बन्द गरिदिएको छ,’ उनले भने, सफ्टवेयर बन्द भएको विषयमा बिमा कम्पनीलाई जानकारी गराउँदा पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।’

बिमा बोर्ड आफैले हस्पिटलको सफ्टवेयर कुनै जानकारी बिना बन्द गरिदिएपछि अस्पतालमा भर्ना भएर उपचार भइरहेको बिरामीलाई समस्यामा परेका छन् ।

स्वास्थ्य बिमा कार्यक्रममार्फत हस्पिटल भर्ना भएका ७ जना बिरामी छन् । भर्ना भएका बिरामीले स्वास्थ्य बिमा मार्फत उपचार गर्दै आएका थिए । तर, बिमा कम्पनीले एक्कासि बिमाको विवरण बिलिङ गर्ने सफ्टयेर बन्द गरिदिएपछि उपचार गरेको पैसा कसरी तिर्ने भन्ने पीरले सताएको बिरामीका आफन्तहरू बताउँदै आएका छन् ।

विराट टिचिङ हस्पिटलले २०७४ चैत २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य बिमाबाट दैनिक १ हजारदेखि १ हजार ५ सय बिरामीले ओपिडी सेवा लिने गरेका थिए । विराट टिचिङले स्वास्थ्य बिमामार्फत उपचार गरेको ५० करोड रुपैयाँ पाउन बाँकी रहेको प्रशासन प्रमुख देवकोटाले बताए । ५० करोडमध्ये १५ करोडभन्दा बढी औषधीको पैसा पाउन बाँकी रहेको उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ