२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १दर्ता नभएका औषधी तस्करी, भियग्रासहित १६ प्रकारका औषधी बरामद

दर्ता नभएका औषधी तस्करी, भियग्रासहित १६ प्रकारका औषधी बरामद


विराटनगर – औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीहरू भारतबाट तस्करी हुने गरेको पाइएको छ । भारतमा किलोहिसाबले पाइने औषधीहरू नेपालमा ल्याएपछि महंगो मुल्यमा विक्री वितरण गर्न पल्किएका व्यापारीहरूले दर्ता नभएका प्रतिवन्धित औषधीहरू तस्करी हुने गरेको पाइएको हो ।

भारतको जोगवनी हुँदै मटेरूवाबाट विराटनगर ल्याउन लागेको ठूलो परिमाणमा दर्ता नभएका औषधीहरू प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगले बिहीबार साँझ विराटनगर १७ रघुपती जुट मिल छेउबाट भारतबाट तस्करी भएर आएको ३ लाख ६५ हजार ५ सय ३३ रुपैयाँ मुल्य बराबरको औषधी बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

विभिन्न प्रकारका औषधीहरू भारतबाट नेपालतर्फ अवैध रुपमा कार्टुनमा प्याक गरी टाउमाको बोकी ल्याउदै गरेको अवस्थामा औषधीहरु बरामद गरेको उनले बताए । औषधी ल्याउने फारर भएका छन् । फरार भएका व्यक्तिको खोजीकार्य प्रहरीले गरिरहेको छ ।

प्रहरीले यसअघि पनि भारतबाट प्रतिबन्धित औषधीहरू ल्याउने क्रममा भरिया र औषधी पक्राउ गर्दै आएको छ । विराटनगरको दक्षिण क्षेत्रमा होलसेल पसल संचालन गर्ने फार्मेशीले भारतबाट किलो हिसाबले औषधी ल्याउने र विराटनगरसहित पूर्वी सहरमा मंहगो मुल्यमा विरामीलाई औषधी विक्री वितरण गर्दै आएका छन् ।

प्रहरीले बरामद गरेको औषधी यौन क्षमता बढाउने औषधी पनि रहेको छ । तस्करी धन्दामा लागेका गिरोहले भारतबाट यौन क्षमता बढाउने भियग्रा औषधी पनि बरामद गरेको हो ।

औषधी व्यवस्था विभागमा ५० एमजीसम्मको भियग्रा दर्ता भएको छ । तस्करी गरि नेपाल ल्याउने यौन क्षमता बढाउने भियग्रा विभागमा दर्ता नभएका १ सय एमजीको औषधी ल्याउने गरेको औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिए ।

प्रहरीले बरामद गरेको औषधी विभागमा दर्ता नभएका औषधीहरू रहेको उनले बताए । बरामद औषधी गर्भपात गराउन प्रयोग हुने औषधी, श्वास प्रश्वासमा प्रयोग गरिने औषधीलगायतका विभिन्न १६ प्रकारका औषधी प्रहरीले बरामद गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ