२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम

मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम


विराटनगर – ठुला मेडिकल कलेजहरूले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिहेको अवस्थामा विराटनगरको मोरङ सहकारी हस्पिटलले स्वास्थ्य बीमा कार्यक्रम सुरू गरेको छ । विराटनगर – २ शंकरपुर सोमबारेहाटमा आफनै भवनबाट अस्पतालले आइतबारबाट स्वास्थ्य बीमा कार्यक्रमको शुभराम्भ गरेको हो ।

एक सय शैय्याको जेनेरल हस्पिटलमा सम्पूर्ण स्वास्थ्य सेवाहरू रहेको छ । आर्थिक अवस्था नाजुक भएका घर परिवारहरूलाई लक्षित गरि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको अस्पतालका संचालक बिकास अधिकारीले बताए ।

‘मोरङ सहकारी हस्पिटल सहकारी अन्तर्गतको अस्पताल पनि हो । त्यही भएर पनि आर्थिक विपन्न परिवारलाई लक्षित गरी हामीले स्वास्थ्य  बीमा कार्यक्रमको शुभारम्भ गरेका हौं,’ उनले भने, ‘स्वास्थ्य बीमा गरेका बिरामीले अब बीमाबाट पनि उपचार गर्न सक्नेछन् ।’

मोरङ सहकारी हस्पिटलमा विशेषज्ञ चर्चित चिकित्सकहरूबाट यहाँ उपचार हुने गरेको छ । अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर पौडेलको महिनामा एकपटक सेवा दिने गरेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ