२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १आकस्मिकमा २८ शैय्या थपिए, झ्यालमा राखेर उपचार गर्नुपर्ने बाध्यता हट्यो : कोशीका मेसु खरेल

आकस्मिकमा २८ शैय्या थपिए, झ्यालमा राखेर उपचार गर्नुपर्ने बाध्यता हट्यो : कोशीका मेसु खरेल


विराटनगर – पूर्वी सहरको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालले आकस्मिक कक्षमा २८ शैय्या थप गरी व्यवस्थित बनाएको छ । बिरामीको चापको कारण शैय्या अभावले झ्यालमा बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले २८ वटा वेड थप गरेको हो ।

यसअघि कोशीको आकस्मिक कक्षमा १२ वटा मात्र शैय्यामा राखेर उपचार गरिनुपर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरूको बाध्यता रहेको थियो । २८ वटा शैय्या थप गरि अहिले ४० वटा पुगेपछि उपचार सेवामा थप सहजता हुने कोशी अस्पतालका सुपरिटेन्डेण्ट (मेसु) डा. यज्ञराज खरेलले बताए । ‘

शैय्या अभावको कारणले यसअघि विरामीलाई अस्पतालको झ्याल र एउटै बेडमा तीनजनासम्म बिरामी राखेर उपचार गरिनुपर्ने बाध्यता रहेको थियो,’ मेसु खरेलले भने, ‘अब झ्याल र एउटै बेडमा तीन जनासम्म राखेर उपचार गरिनुपर्ने समस्या अन्त्य भएको छ ।’

आइसोलेसन वार्डलाई हटाएर आकस्मिक कक्षसँगै गाभेर अस्पतालले शैय्या थप गरेको हो । कोशीको ओपीडिमा ८ देखि १ हजार बिरामीले दैनिक आउने गर्दछन् । अहिले नीजि हस्पिटलले स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि कोशीमा बिरामी आउनेको संख्या बढेको छ ।

आकिस्मक कक्षमा मात्र दैनिक १ सय देखि १ सय ५० जनासम्म बिरामी आउने गरेको आकस्मिक कक्षको इन्चार्ज जनस्वास्थ्य निरीक्षक गजेन्द्र प्रसाद यादवले बताए । आकस्मिक कक्षमा शैय्या थप गरेपछि बिरामीको उपचारमा सहज भएको उनले बताए । थप भएको र पुरानो सबै बेडमा अस्पतालले अक्सिजन पाइपमार्फत आवश्यक पर्ने विरामीलाई अक्सिजन सप्लाइ गर्ने व्यवस्था मिलाएको छ ।

अस्पतालले प्रोटेबल भेन्टिलेटर पनि आकस्मिक कक्षमा राख्ने तयारी गरेको छ । ‘आकिस्मक कक्षमा आउने बिरामीलाई भेन्टिलेरमा पनि राखेर उपचार गर्नुपर्ने हुन्छ,’ इन्चार्ज यादवले भने, ‘त्यस्ता विरामीलाई ध्यानमा राखेर अस्पतालले प्रोटेबल भेन्टिलेर पनि राख्नुपर्ने हामीले सुझाब दिएका छौं । त्यसको पनि तयारी भएको छ ।’

आकस्मिक कक्षमा बिरामीको स्वास्थ्य अवस्था छुटयाउन जोन पनि बनाएको छ । तीन समूहमा विभाजन गरेको छ । रेडजोन, यल्लो र ग्रिन जोन बनाएर आकस्मिक कक्षमा बनाएको छ । ‘बिरामीको अवस्था हेरेर जोन छुटयाएको हो,’ उनले भने, ‘यसरी जोन छुट्याउदा बिरामीको अवस्था बुझन चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई पनि सहज हुनेछ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ