२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्ट्रिय सम्मान

न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्ट्रिय सम्मान


विराटनगर—विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तर्राष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् । उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या वारिधिको उपाधि दिइएको हो ।

उनले प्रोफेसनल डक्टरल सर्टिफिकेट ‘पीएचडी’ इन हस्पिटल म्यानेजम्यान्ट उपाधि पाएकी हुन् । अस्पताल व्यवस्थापनमा उत्कृष्ट योगदान गरेको मुल्यांकन गर्दै फ्रान्सको पेरिसस्थित केन्द्रीय कार्यालय रहेको युरोपेली अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट अस्पताल व्यवस्थापनमा विद्यावारिधीको उपाधि तथा विश्वव्यापी नेतृत्व सम्मान (प्रोफेशनल डक्टरल सर्टिफिकेट ‘पीएचडी’ इन हस्पिटल म्यानेजमेन्ट एण्ड ग्लोबल लिडरसीप अवार्ड २०२२) बाट सम्मानित भएकी हुन् ।

यो उपाधि हरेक वर्ष विभिन्न देशका समाजमा उत्कृष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान गरिन्छ । नेपालको स्वास्थ्य क्षेत्रमा अनिशाको योगदानलाई उच्च कदर गर्दै यो उपाधि प्रदान गरिएको हो । उपाधि ग्रहणपछि संक्षिप्त भनाई राख्दै कार्यकारी निर्देशक विष्टले यो उपाधि आफ्नो मात्र नभएर सम्पूर्ण स्वास्थ्य क्षेत्रको सम्मानको रुपमा लिएको र स्वास्थ्य क्षेत्रमा थप योगदान गर्न हौसला मिलेको बताइन् ।

न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलकी कार्यकारी निर्देशक विष्टले लामो समयदेखि अस्पताल व्यवस्थापनमा योगदान गर्दै आएकी छन् । केही समयअघि युरोपको प्रतिष्ठित युरोपियन इन्टरनेसनल युनिभर्सिटीबाट ग्लोबल लिडरसिप एण्ड म्यानेज्मेन्टमा प्रोफेसनल डक्टरल उपाधिका लागि अनिशा नेपालबाट छनोट भएकी थिइन् । युरोपेली अन्तर्राष्ट्रिय विश्वविद्यालयको जसको मुख्य कलेज फ्रान्सको पेरिसमा छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ