२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश ११५ करोडको लगानीमा जनरल हस्पिटल आफ्नै भवनमा, १०० बढीले रोजगारी पाउने

१५ करोडको लगानीमा जनरल हस्पिटल आफ्नै भवनमा, १०० बढीले रोजगारी पाउने


विराटनगर—विराटनगर–१३ मलायरोड (साल्ट टेडिङ)स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनबाट सञ्चालनमा आउने भएको छ । बुधबार बिहान ९ बजे एक कार्यक्रम आयोजना गरी नयाँ भवनबाट हस्पिटल सञ्चालनमा आउने भएको हो ।

तीन कट्ठा क्षेत्रफलमा १५ करोडभन्दा बढी लगानीमा प्रारम्भिक चरणमा १५ शैय्याको अस्पताल सञ्चालन आउने जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर प्रा.लि.का अध्यक्ष जयप्रकाश रायले जानकारी दिए । ‘विशेषज्ञ सेवासहित आफ्नै भवनमा हस्पिटल सञ्चालनमा आउने भएको छ,’ अध्यक्ष रायले भने, ‘केही दिन भित्रमा २५ शैय्याको अस्पताल विस्तार गर्दै क्रमिक रूपमा शैय्या थप गर्दै लैजाने योजना छ ।’

यसअघि जनरल हस्पिटल विराटनगर–९ घोघापुलचौकमा भाडामा रहेको थियो । आफ्नै भवनमा हस्पिटल सञ्चालनमा आएपछि विशिष्टीकृत सेवा प्रदान गर्ने अध्यक्ष रायले बताए ।

अस्पतालमा बाल रोग विशेषज्ञ डा. फरेन्द्र साह, वरिष्ठ फिजिसियन डा. सच्चितानन्द दास, वरिष्ठ जनरल तथा ल्यप्रोस्कोपी सर्जन डा. क्षितिज गिरी, अर्थोपेडिक सर्जन डा. मिलन केसी, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. तुलसी महतो, फिजियो थेरापिस्ट मो. जावेद पि.टी.लगायतले सेवा दिनेछन् । डा. फरेन्द्र साह मेडिकल डाइरेक्टर पनि हुन् ।

आफ्नै भवनबाट सञ्चालनमा आएको हस्पिटलमा एक सयभन्दा बढीले रोजगारी पाउनेछन् । हस्पिटल आफ्नै भवनबाट सञ्चालनमा आएको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको अध्यक्ष रायले जानकारी दिए । खुला रक्तदान कार्यक्रममा हस्पिटलका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गर्नेछन् । कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला रहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ