२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधि पसलमा लागूऔषधको कारोबार, संचालकसहित २ जना पक्राउ

औषधि पसलमा लागूऔषधको कारोबार, संचालकसहित २ जना पक्राउ


विराटनगर—अवैध लागूऔषधको कारोबार गर्ने मेडिकल संचालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीले इटहरीमा ‘तिरूपती मेडिकल’ संचालन गर्ने संचालक मोरङ सुन्दरहरैचा–४ का २६ वर्षीय नरेश यादवलाई र अवैध लागूऔषध ओसार–पोसार गर्ने इटहरी उपमहानगरपालिका–२ पशुपति चोकका २० वर्षीय असिम श्रेष्ठलाई पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । इटहरी–२ पशुपतिचोकमा संचालन गरेको ‘तिरूपती मेडिकल’ र श्रेष्ठको साथबाट प्रहरीले ठूलो परिणाममा लागूऔषध बरामद गरेको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए ।

श्रेष्ठले ल्याएको लागूऔषध यादवले इटहरीमा संचालन गरेको मेडिकलमा भण्डार गरी लागूऔषधको कारोबार हुने गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिएको हो । बुधबार पक्राउ परेका श्रेष्ठले ल्याएको लागूऔषध पनि इटहरीको मेडिकल हलमा ल्याउने तयारी अनुरूप ल्याएको खुलेको छ ।

बरामद गरिएको लागु औषध

प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तरगत सुन्दरहरैचा नगरपालिका—१० र १२ नम्बर वडामा पूर्वबाट पश्चिमतर्फ आई रहेको को १३ प १२७६ नम्बरको अपाची मोटरसाइकलमा सवार श्रेष्ठको साथबाट लागूऔषध बरामद गरेको एसपी अधिकारीले बताए । ‘नियमित चेकजाँचको क्रममा श्रेष्ठको साथमा भएको साइड ब्याग भित्र लागूऔषध फेला प¥यो,’ उनले भने ।

‘लागूऔषध ल्याउने श्रेष्ठलाई पक्राउ गरेपछि तिरूपती मेडिकलमा छापा मा¥यौं,’ एसपी अधिकारीले भने, ‘त्यहाँ भण्डार गरिएको अवस्थामा ठूलो परिणाममा लागूऔषध भेटियो ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ