२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अस्ताए विराटनगरका चर्चित सर्जन डा. इन्द्रनारायण मल्लिक

अस्ताए विराटनगरका चर्चित सर्जन डा. इन्द्रनारायण मल्लिक


विराटनगर-पूर्वी नेपालका प्रख्यात सर्जन डा. इन्द्रनारायण मल्लिकको निधन भएको छ । मंगलबार विराट नर्सिङ होममा उपचारको क्रममा ६७ वर्षीय डा. मल्लिकको निधन भएको हो ।

फोक्सो र मुटु रोगबाट लामो समयदेखि डा. मल्किक पीडित थिए । विराट नर्सिङ होमको आइसियूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी भारतको मेरटबाट एमबीबीएस र एमएस गरेर सर्जन भएपछि स्वदेशमा सेवा गर्न आएका थिए । विराटनगर घर भएका डा. मल्लिक लामो समय कोशी अस्पतालमा कार्यरत रहे । उनी कोशीबाट अकाश प्राप्त चिकित्सक हुन् ।

विराटनगरमा सर्जरी सेवा भित्र्याउन डा. मल्लिकको ठूलो देन रहेको यहाँका चिकित्सकहरू बताउँछन् । भारतबाट सर्जन भएर आएपछि डाक्टर मल्लिकले कोशी अस्पतालमा सेवा गर्दै विराटनगरको नील सदनमा नर्सिङ होम खोलेका थिए ।

‘त्यसबेला कोशी अस्पतालमा काम गरेपछि विरामीलाई स्वास्थ्य उपचार सेवा आफैले खोलेको हस्पिटलबाट पनि उपचार सेवा डा. मल्लिकले दिने गरेका थिए,’ अतितका दिन सम्झदै डा. सुनिल अधिकारीले भने, ‘विराटनगरमा सर्जरी सेवा भित्र्याउन डा. मल्लिक पनि ठूलो हात रहेको छ ।’

निल सदनपछि डा. मल्लिकले विराटनगरको तापडीया आँखा अस्पताल अगाडि आफ्नै एकल लगानीमा पनि नर्सिङ होम खोलेका थिए । पछि त्यो हस्पिटल बन्द भएको थियो ।

डा. मल्लिकका एक छोरी र एक छोरा रहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ