२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मर्यादित व्यवसाय संचालनमा जोड

मर्यादित व्यवसाय संचालनमा जोड


विराटनगर—औषधी क्षेत्रमा देखा परेको विकृती र विसंगति अन्त्य गरेर स्वच्छ र मर्यादित व्यवयासी संचालन गरिनुपर्ने एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । नेपाल औषधी व्यवसायी संघ मोरङले विजय दशमी, शुभ दीपावली, छठ र नेपाल सवंतको अवसरमा विराटनगरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।

शुक्रबार कार्यक्रममा बोल्दै औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधी क्षेत्रमा देखा परेको विकृति र विसंगति अन्त्य गरी स्वच्छ र मर्यादित व्यवसाय सञ्चालन गरिनुपर्नेमा बताए । औषधी क्षेत्रमा धेरै गुनासो आउने भएकोले मर्यादित र स्वच्छ पूर्ण तरिकाले औषधी व्यवसायीहरूले व्यापार व्यवसाय सञ्चालन गरिनुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष देशबन्धु ढकालले औषधी व्यवसायीहरू एक ढिका भएर संगठित हुन सके मात्र व्यवसायीहरूको माग पूरा हुने बताए । त्यसैले कार्यक्रमहरूमा व्यवसायीहरू उपस्थित भएर संगठित हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सहसचिव अनिल श्रेष्ठ, औषधी व्यवसायी संघ मोरङका प्रेस सल्लाहकार उद्धव घिमिरे, नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चल शाखाका पूर्व सचिव सुरेश जैसवाल, पिन विराटनगर युनिकका अध्यक्ष दुर्गाराज भट्टराई, एनएमएसआरए विराटनगर युनिटका अध्यक्ष प्रमोद साहलगायतले शुभ दिपावली, छठ र नेपाल सवंतलगायतका चाडपर्वहरुको शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका सदस्सीय प्रकाश धिमाले स्वागत मन्तब्य राखेका थिए भने गणेश थापाले अतिथिहरूलाई सम्मान गरेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ