२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एक हजार एमजी/डिएलभन्दा धेरै सुगर भएको बिरामीको न्युरोमा सफल उपचार

एक हजार एमजी/डिएलभन्दा धेरै सुगर भएको बिरामीको न्युरोमा सफल उपचार


विराटनगर—तेह्रथुमको म्याङलुङ नगरपालिका—१ का ६५ वर्षीय अमरकुमार लिम्बुको न्यूरो हस्पिटलमा सफल उपचार भएको छ । दुई हप्ता अगाडि लिम्बुको खुट्टा दुख्ने र पिसाब छिनछिनमा लाग्ने भएपछि न्यूरो हस्पिटल आएका थिए ।

उनको स्वास्थ्य जाँच अस्पतालका वरिष्ठ फिजिसियन डा.विवेक कट्टेलले गरेका थिए । उनको मधुमेह जाँच गर्दा साढे १ एक हजार १ सय ६० mg/dl रहेको थियो ।

भोको पेटमा अर्थात ‘फास्टिङ’मा रगत जाँच गर्दा सुगर लेभल १२६ mg/dl भन्दा माथि भयो भने मधुमेह भएछ भनेर बुझ्नु पर्छ । त्यस्तै खाना खाएको दुई घण्टापछि अर्थात ‘पीपी’ जाँच गर्दा यदि २०० mg/dl बढी भयो भने पनि मधुमेह भएको हो भनेर जान्नु पर्छ । र तत्काल उपचार सुरु गर्नुपर्छ ।

हस्पिटलले लिम्बुलाई केही दिन शैय्या भर्ना गरी उपचार गरेपछि मधुमेह कन्ट्रोल भएको छ । ‘अहिलेसम्म दुई दशक चिकित्सक पेशामा रहँदा ११ सयभन्दा माथि मधुमेह भएको बिरामी पहिलो पटक हिडेर हस्पिटल आएको देख्दा छक्क परे,’ डा. कट्टेलले भने, ‘११ सयभन्दा बढी मधुमेह देखिएको बिरामीको उच्च जोखिम हुनसक्छ । त्यहीकारण हामीले हस्पिटलमा राखेर उपचार ग¥यौं ।’

उनकाअनुसार सुरूको दुई दिन रगतको नशाबाट इन्सुलीन दिइयो । त्यसपछि मधुमेह घट्यो । ‘त्यसपछि खाने औषधी दियौं । ३-४ दिन भर्ना गरी उपचार गरेपछि बिरामीको मधुमेह ठिक ठाउँमा आएपछि डिस्चार्च गरिएको छ,’ उनले थपे ।

स्वास्थ्य अवस्था ठिक भएपछि फलोअपमा लिम्बु सोमबार हस्पिटल आएका छन् । अहिले दई प्रकारको खाने औषधी मात्रले उनको सुगर लेभल नियन्त्रणमा छ ।

न्यूरो अस्पतालमा निःशुल्क मधुमेह जाँच र परामर्श

विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मधुमेह दिवसको अवसर पारेर निःशुल्क मधुमेह सम्बन्धि जाँच र परामर्श गरेको छ । हस्पिटलका विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटल परिसरमा सोमबार निःशुल्क मधुमेह जाँच र परामर्श दिएको हो ।

मधुमेह र परामर्श जाँचमा १ सय ७ जना बिरामीले स्वास्थ्य जाँच र परार्शमा लिएको अस्पतालले जनाएको छ । स्वास्थ्य जाँच गरिएको बिरामीहरूलाई आवश्यक पर्ने औषधीहरु पनि निःशुल्क वितरण गरिएको थियो ।

त्यसैगरी, एक हप्तासम्म मधुमेह सम्बन्धी जाँच तथा परामर्शमा २५५छुट प्रदान गरिएको छ । सोमबारबाट ‘मधुमेह केयर कार्ड’ को पनि सुरूवात गरिएको छ । मधमेह केयर कार्डमार्फत १ वर्षसम्म मधुमेहको उपचार सर्वसुलभ रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ