२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालन, सरुवा रोगदेखि पीसीआरसम्मको परीक्षण हुने

विराटनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालन, सरुवा रोगदेखि पीसीआरसम्मको परीक्षण हुने


विराटनगर-विराटनगरमा सुविधासम्पन्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालनमा आएको छ । बुधबारबाट विराटनगर–१४ स्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रसँगै प्रयोगशाला संचालनमा आएको हो ।

नवनिर्मित भवन उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रयोगशालाबाट विशिष्टीकृत सेवा प्रवाह हुने बताए । प्रयोगशालाको नाममा हुने बेथिति, अनियमितता र आम सर्वसाधारणलाई ठग्ने कार्यको नियमन पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गर्ने उनले बताए ।

विराटनगरस्थित स्नातकोत्तर कलेजको ८ कठ्ठा १२ धुर जग्गा ३० वर्षका लागि लिजमा लिएर प्रयोगशाला भवन निर्माण गरिएको हो । प्रयोगशालामा जनरल ल्याब, नसर्ने रोग, सरुवा रोग र पीसीआर भाइरल कल्चर लगायतका परीक्षणहरु हुने जनाइएको छ ।

सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको सहायतामा प्रयोगशाला निर्माण भएसँगै विशिष्टीकृत परीक्षणका लागि काठमाडौं र भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यतासमेत अन्त्य भएको प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले बताए । प्रदेशअन्तर्गतका अन्य प्रयोगशालाको गुणस्तर मापन, शुल्कको नियमन र अनुगमनको कार्य समेत यही प्रयोगशालाले गर्ने उनले जानकारी दिए ।

दातृ निकायको कुल ९ करोड ३१ लाख ८२ हजारको लागतमा निर्माण सम्पन्न भएको प्रयोगशाला ४ तले संरचनासहितको छ । प्रयोगशालाले स्थानीय ल्याबको नमुना परीक्षण, निजी तथा सार्वजनिक प्रयोगशालाहरुको गुणस्तर मापन र अनुसन्धान तथा रोग नियन्त्रण कार्यमा विशेष सहयोग पु¥याउने अपेक्षा गरिएको ग्लोबल फण्डका वरिष्ठ कार्यक्रम व्यवस्थापक हरिबोल बजगाईले बताए ।

२०७७ मंसिर ३० गते प्रदेश १ सरकारका तत्कालिन मुख्यमन्त्री शेरधन राईले प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन निर्माणको शिलान्यास गरेका थिए । शिलान्यास भएको ६ महिनाभित्र भवनको निर्माण कार्य सकेर ८ महिनापछि सेवा सुरु गर्ने योजना थियो । तर, कोभिड महामारीलगायतका विभिन्न प्राविधिक समस्याका कारण केही ढिलाइ गरी बुधबार भवनको उद्घाटन गरिएको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ