२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कवाडीमा फालेका वेडलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउँदै कोशी अस्पताल

कवाडीमा फालेका वेडलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउँदै कोशी अस्पताल


विराटनगर—प्रयोग गर्न नमिल्ने भन्दै कवाडीमा फालिएका सामाग्री न्यून खर्चमा मर्मत गरेर विराटनगरस्थित कोशी अस्पालले पुनः प्रयोगमा ल्याएको छ । शैय्या अभावले झ्यालमा र भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यमक अवस्था भएपछि कोशीले काम नलाग्ने भन्दै फालिएका शैय्या, स्टेचरलगायतका सामाग्री मर्मत गरी पुनः प्रयोगमा ल्याएको हो ।

पहिलो चरणमा ५० वटा बिरामीलाई राख्ने बेड, २२ वटा बिरामी बोक्ने स्टेचर पुनः प्रयोगमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रविनराज सिंहले जानकारी दिए । मर्मत गरी पुनः प्रयोगमा ल्याएको बेडहरु अहिले आवश्यक पर्ने स्त्री तथा प्रसुति रोग विभाग, आकस्मिक कक्ष र सर्जिकल वार्डमा राखिने उनले बताए ।

प्रयोग गर्न नमिल्ने भन्दैं कवाडीमा फालिएका सामाग्री न्यून खर्चमा मर्मत गरेर पुनः प्रयोगमा ल्याइएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए । ‘कौडीको भाउमा बेच्न ठिक्क पारिएका सामाग्रीलाई सामान्य खर्चमा मर्मत गरेर पुनः प्रयोगमा ल्याएका छौं,’ उनले भने, ‘यसले अस्पतालको खर्च घटाएको छ ।’ कवाडीका रुपमा फालिएका टेवुल र दराज पनि मर्मत गरेर प्रयोगमा ल्याउने उनले बताए ।

अस्पतालले बेड पुनः मर्मतका लागि एलबिटी इन्टरप्राइजेज प्रालि इटहरीलाई ठेक्का दिइएको थियो । सो कम्पनीले प्रति गोेटा ३ हजार ३ सय रुपैयाँका दरमा कवाडीको रुपमा फालिएका बेड मर्मत गरेको हो ।

बिरामीको चाप बढिरहेका कारण प्रयोग गर्न नमिल्ने भएपछि फालिएका बेडलाई मर्मत गरिएको अस्पतालले जनाएको छ । मर्मत गरी प्रयोगमा ल्याएको बेड आवश्यक पर्ने विभागमा राखिने छ । बेड अभावको कारणले कोशी अस्पतलाको आकस्मिक कक्षमा झ्यालमा राखेर पनि विरामी उपचार गर्नुपर्ने बाध्यता रहेको छ । वेड थप भएपछि केही हदसम्म बिरामीको उपचारमा सहज हुने अस्पतालले जनाएको छ ।

कोशी अस्पताल साढे तीन सय शैय्याको हो । यहाँ दैनिक १ हजारदेखि १ हजार ५ सय जनाले ओपीडिमा विरामीले स्वास्थ्य सेवा लिदै आएका छन् । अस्पताललाई पाँच सय शैय्याको स्तरोन्तीका लागि नयाँ संगठन तथा दरबन्दी संरचना तयार गरेर स्वास्थ्य मन्त्रालयमा पठाइसकिएको छ । मन्त्रालयबाट स्वीकृत भएपछि कोशी पाँच सय बेडको अस्पताल बन्नेछ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ