२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको आरोपमा सिटी हस्पिटलमा तनाव

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको आरोपमा सिटी हस्पिटलमा तनाव


विराटनगर—चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै विराटनगरस्थित विराटनगर सिटी अस्पताल तनावग्रस्त बनेको छ । मोरङको जहदा गाँउपालिका–४ की ३९ वर्षीया सन्जु मेहताको शल्यक्रियाको क्रममा मृत्यु भएपछि अस्पताल सोमबार दिनभरी तनावग्रस्त बनेको हो ।

मिर्गौलामा पथरी रहेकाले शल्यक्रियाको लागि उनी आइतबार अस्पताल आएकी थिइन् । शल्यक्रियाको क्रममा उनको आइतबार मृत्यु भएको थियो ।

मृतकका आफन्तले शल्यक्रिया गर्दा चिकित्सकले गम्भीर लापरबाही गरेको भन्दै बिरामीका आफन्तहरुले हस्पिटल र चिकित्सकलाई कारवाहीको माग राख्दैं नाराबाजी गरे । ‘मृतक मेहता बिहान १० बजे सिटी अस्पतालमा चेकजाँचका लागि आउनुभएको थियो । मिर्गौलामा पथरी रहेकाले त्यसैको उपचारका लागि सिटी अस्पताल आउनुभएको थियो । चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सल्लाह दिनुभयो ।

त्यहीअनुसार गर्न हामीले सझुाव दियौं,’ मृतकका देवर पर्ने विभाष सिंहले भने, ‘चिकित्सकको लापरवाहीले भाउजुको मृत्यु भएको छ ।’ लापरवाही गर्ने चिकित्सकलाई कारावहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।

‘डाक्टरले अप्रेशन गर्नु भन्नुभएको रहेछ, बिरामीसँग पैसा थिएन् । डाक्टरले केही दिन पछाडि पैसा दिँदा हुन्छ । भनेर अप्रेशन गर्न स्वीकार गर्नुभएको रहेछ,’ उनले थपे ।

केही समयपछि शल्यक्रिया गरेको पैसा दिँदा हुने अस्पतालका सर्जन डा. सुनिल यादवको भनाइअनुसार मृतक मेहता शल्यक्रिया गर्न तयार भएको बताउँदैं उनका आफन्तले राति ८ बजे शल्यक्रिया विभागमा लगिएको र दुई घण्टापछि मात्रै मृतक मेहताको मुटुको धड्कन नभएको चिकित्सकले जानकारी दिएको बताए ।

‘१२ बजे राति बिरामीको कुरुवालाई बचाउने कोशिस गर्दैछौं भनेर डाक्टरले भने,’ उनले सुनाए । तर, चिकित्सकले आश्वासन दिएको आधा घण्टापछि शवलाई बाहिर ल्याएर एम्बुलेन्समा राखिदिएको उनले बताए ।

बिरामीको मान्छेले शव बुझ्न नमानेपछि डा. सुनिल यादव भने घटनास्थलबाट बाहिरिएको उनीहरुको आरोप छ । शव रातैभर एम्बुलेन्समा राखेर अस्पतालको प्रवेशद्धार रात कटाएको बताउने उनीहरुको आफन्त अझैसम्म शल्यक्रियाको नेतृत्व गर्ने डा. यादव नआएको बिरामीको आफन्तले बताए ।अस्पताल प्रशासनलाई घटनाबारे बुझ्न खोज्दा अस्पताल प्रशासन सम्पर्कमा आएनन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ