२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अन्तर्राष्ट्रिय महिला दिवसमा न्यूरोमा स्वास्थ्य उपचारमा छुट

अन्तर्राष्ट्रिय महिला दिवसमा न्यूरोमा स्वास्थ्य उपचारमा छुट


विराटनगर—अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले एक महिनासम्म उपचारमा छुट योजना ल्याएको छ । हस्पिटलले फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो ।

मंगलबार हस्पिटलले पत्रकार सम्मेलन गरी मार्च ८ मा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर छुट योजनासहित सचेतनामूलक अभियानको कार्यक्रम पनि गर्दै आएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । सम्पूर्ण महिलाहरुको सम्मानका लागि महिना भरी प्रसूती तथा स्त्री रोगको ओपीडी सेवा निःशुल्क गरिएको छ । प्रसुती तथा स्त्री रोग ओपीडी सेवाको जाँचमा २५ प्रतिशत छुट रहेको रहेको छ ।

वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ तथा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेकी प्रा.डा. शैलजा क्षेत्री (श्रेष्ठ) र डा.निशा अधिकारी रहेकी छिन् ।

अस्पतालले पाठेघरको मुख सम्बन्धी क्यान्सरको जाँच पनि निःशुल्क गर्ने भएको छ । प्याप स्मियर जाँच र कोल्पोस्कोपी जाँच पनि हुनेछ । हस्पिटलले स्तन क्यान्सर सम्बन्धी परामर्शको साथै सचेतना कार्यक्रम पनि गर्ने मेडिकल डाइरेक्टर प्रा.डा. शैलजा क्षेत्री श्रेष्ठले बताइन् ।

‘महिलाहरूमा हुने स्तन क्यान्सरको सुरुवाती पहिचान कसरी गर्ने भन्ने विषयमा पनि सचेतना तथा परामर्श र जाँच गरिनेछ,’ डा. शैलजाले भनिन्, ‘महिलाहरुमा यस्तो समस्या देखा पर्न थालेको छ । स्वास्थ्य सचेतना जोगाउन जरुरी रहेको छ ।’ अहिले एकदमै बाँझोपनको समस्या पनि बढदै गएको उनले बताइन् । निकट भविष्यमा न्यूरोले आईभिएफ सेवा पनि सुचारु गर्ने तयारीमा रहेको छ ।

यस्तै, हस्पिटलले मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिने भएको छ । महिला स्वास्थ्य सम्बन्धी हेल्थ प्याकेजहरुमा पनि विशेष छुटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ । एक महिनासम्म निःशुल्क सेवा लिने महिलाहरुको परिवारका सदस्यहरुलाई पनि विभिन्न स्वास्थ्य सेवाहरुमा छुटको व्यवस्था गरिने हस्पिटलले जनाएको छ ।

७५ प्रतिशतभन्दा बढी महिला कर्मचारी रहेको हस्पिटलले ६ वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वास्थ्य सेचतना कार्यक्रम गर्दै आएको छ । अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टको नेतृत्वमा अस्पतालले व्यवसायिक प्रतिवद्धतामा मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि आफुलाई अग्रपंक्तिमा उभ्याएको हस्पिटलले बताएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ