२०८१ भदौ २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अटिजम भएका बच्चालाई अर्लि इन्टरभेन्सन आवश्यक हुन्छ : चिकित्सक

अटिजम भएका बच्चालाई अर्लि इन्टरभेन्सन आवश्यक हुन्छ : चिकित्सक


विराटनगर—विज्ञ चिकित्सकहरुले अटिजमबारे समाजमा पर्याप्त सचेतना आवश्यक रहेको बताएका छन् । आइतबार विश्व अटिजम अवारनेस डेको अवसर पारेर विराट मेडिकल कलेज शिक्षण अस्पतालको नवजात तथा बालरोग विभागले आयोजना गरेको कार्यक्रममा विज्ञ चिकित्सकहरुले अटिजम रोग नभएको बताए ।

बेलायतस्थित एल्दर हाई चिल्ड्रेन अस्पतालकी कन्सल्ट्यान्ट पेडियाट्रिसियन डा. जमुना आचार्यले अटिजम रोग नभएर यो एउटा फरक मेडिकल कन्डिसन भएको बताइन् । ‘अटिजमका बारेमा मेडिकल क्षेत्रकै धेरै मानिसहरुलाई थाहा छैन्,’ उनले भनिन्, ‘यसका बारेमा जनचेतना जगाउन आवश्यक छ ।’ डा. आचार्यले अटिजमको स्पेसिफिक टिट्रमेन्ट नभए कारण पनि नेपालजस्तो देशमा जनचेतना जगाउनु एकदमै आवश्यक रहेको बताइन् ।

‘यो के हो, यसको कसरी म्यानेज गर्नुपर्छ भन्ने कुरा एकदमै जान्न जरुरी छ । एएसडीका बारेमा चिकित्सकमात्रै नभएर परिवार, समाज सबैले जान्नुपर्छ,’ उनले भनिन्, ‘सबैले थाहा पाएमात्रै अर्लि इन्टरभेन्सन हुन सक्छ, यसमा अर्लि इन्टरभेन्सन एकदमै जरुरी छ । यसले अटिजम भएको बच्चामात्रै होइन् परिवारलाई पनि राम्रो हुन्छ ।’

केहीले औषधि नै छैन भनेर चिकित्सक कहाँ नआउने गर्नु दुःखदायी कुरा भएको उनको भनाइ थियो । ‘यो रोग होइन्, कतिपय बच्चाहरु जन्मदाखेरि उनीहरुको न्युरो कनेक्सनहरु ब्रेनमा अलिकति फरक तरिकाले कनेक्सन भएकाले उनीहरुमा सामान्य विकास नभएको हो । अहिलेसम्म यस्तो किन हुन्छ भन्ने थाहा नभएकाले मात्रै स्पेसिफिक टिट्रमेन्ट नभएको हो,’ डा. आचार्यले थपिन्, ‘औषधि दिएर प्रत्यक्ष उपचार गर्न नसकेपछि अन्य उपचार र सपोर्टहरुमार्फत बच्चाको जीवन गुणस्तरीय बताउन सकिन्छ ।’

विराट मेडिकल कलेज शिक्षण अस्पतालका प्रिन्सिपल समेत रहेका प्रा.डा. हेमसागर रिमालले अटिजमबारे अवारनेस कार्यक्रम संचालन गर्न एकदमै जरुरी रहेको बताए । ‘नेपालमा अटिजम भएका बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दैंछ । पहिले डाइग्नोसिस हुँदैन थियो, अब हामी पेडियाट्रिसियनहरुले काम गरिरहेका छौं,’ डेभलपमेन्ट एण्ड विहेवियोर पेडियाट्रिकसियन समेत रहेका उनले भने, ‘धेरैतिरबाट केसहरु रेफर भएर आइरहेका हून्छन् । हामीले धेरै डाइग्नोसिसहरु गरिरहेका छौं । डाइग्नोसिससँगै एकदमै छिटो (अर्लि) इन्टरभेन्सन हुन्छ ।’

डा. रिमालले अटिजम भएका बच्चाहरुमा सामाजिक व्यवहार गर्न नजान्ने, बोल्न ढिलाइ हुनेजस्ता समस्याले समाजको माग आफ्नो बढेको उमेरअनुसार पूरा गर्न नसक्ने समस्या हुने बताए । ‘नसकेपछि उनीहरु फरक बच्चाका रुपमा देखिन थाल्छन् । जसका कारण उनीहरुमाथि स्कुलमा बुलिङ हुने, समाजमा भेदभाव गर्ने हुन सक्छ । त्यसैले यस्तो हुन नदिनका लागि अटिजमलाई १८ महिनाकै उमेरदेखि डाइग्नोसिस गर्न सकिन्छ,’ उनले भने, ‘सानो उमेरमा डाइग्नोसिस गर्दा आइकन्ट्याक्ट कसरी इम्प्रुभ गराउने, उनीहरुलाई बोल्न इन्करेज गर्ने, खेलकूदका नियमहरु के हुन्, गेम्सहरु कसरी खेल्नुपर्छजस्ता कुराहरु बेलैमा हामीले सिकायौं र ती स्कीलहरु दियौं भने उनीहरु समाजमा भएका उसकै उमेरका अरु बच्चाभन्दा जति धेरै फरक पहिले देखिन्थे त्यति फरक देखिदैंन् ।’

अटिजम भएका बच्चाहरु अन्यभन्दा फरक नदेखिएपछि उनीहरुको साथीभाइको बीचमा एसेप्टेन्स पनि हुँदै जाने र यसले उनीहरुको आत्मविश्वास पनि बढाउने उनको भनाइ थियो । ‘यसरी होलिस्टीक रुपमा विकास गर्नका लागि समाजमा अटिजमको जनचेतना हुनुपर्छ,’ उनले भने, ‘उनीहरु एबनर्मल बच्चा होइन्, फरक तरिकाले सोच्ने फरक स्वभाव भएका बच्चाहरु भएको हुनाले हामीले उनीहरुलाई बुझेर उनीहरुका लागि स्पेश क्रियट गरिदिनुपर्छ ।’

डा. रिमालले समाजले अटिजम भएका बच्चाहरुबारे बुझ्न थालेमा अटिजम भएका बच्चाहरुको जीवन सहज बन्ने बताए । यसले अटिजम भएका बच्चाहरुको अभिभावकहरुको जीवन समेत सहज बन्ने उनको भनाइ थियो । अहिले यो समस्या सरकारको चासोको विषय बन्न नसकेको उल्लेख गर्दै उनले सरकारले पनि चासो दिनुपर्ने बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ