२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डा. प्रेक्ष्या दलीलाई पितृ शोक

डा. प्रेक्ष्या दलीलाई पितृ शोक


विराटनगर—नेपाल डेन्टल एशोसिएसन मोरङकी अध्यक्ष डा. प्रेक्ष्या दलीलाई पितृशोक परेको छ। सोमबार विहान उनका ८३ वर्षीय बुवा राधेश्याम दलीको ८३ वर्षको उमेरमा निधन भएको हो ।

विराटनगरस्थित आफ्नै घरमा सोमबार विहान १२ः३० बजे बिहान दलीको निधन भएको हो । उनलाई मुटु सम्बन्धि समस्या थियो ।

कम्युनिस्ट विचारधाराका निष्ठावान नेता मानिने दली नेकपा एमाले, माले, माओवादी, जनमोर्चालगायतका सबैजसो वामपन्थी पार्टीमाझ प्रिय थिए ।

मनमोहन समूह र पुष्पलाल समूहका २०४३ सालमा भएको एकीकरणमा पनि उनको महत्वपूर्ण भूमिका खेलेको थियो ।

गत श्रमिक दिवसको अवसरमा उनलाई विष्णुमाया पुस्तकालयले नेपालको कम्युनिष्ट आन्दोलनका पुर्याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरेको थियो।

दलीले शिक्षकका रुपमा पनि काम गरेका थिए । उनले स्कूलबाट आर्जन गरेको रकमले पार्टीलाई सहयोग गर्ने गरेका थिए । उनका एक छोरा, एक छोरी र श्रीमती छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ