२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी प्रदेशकी स्वास्थ्यमन्त्री भन्छिन्, ‘सरकार र पहिचान पक्षधरबाटै असुरक्षित भएँ’

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री भन्छिन्, ‘सरकार र पहिचान पक्षधरबाटै असुरक्षित भएँ’


विराटनगर—कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले आफू सरकार र पहिचान पक्षधरबाट असुरक्षित भएको बताएकी छन् । आइतबार प्रदेशसभा बैठकमा बोल्दै जसपा नेतृसमेत रहेकी मन्त्री लिम्बुले यस्तो बताएकी हुन् ।

उनले आफू सरकार र आन्दोलनरत पक्षधर दुवैको निशानामा परेको बताइन् । आफ्नो परिवारको र मन्त्रालयको सुरक्षामा सरकारले ध्यान नदिएको उनको भनाइ छ ।

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसद् सचिवालय र अन्य मन्त्रालय निषेधित क्षेत्रभित्र राख्ने कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय चाहिँ किन निषेधित क्षेत्रमा नराखिएको भन्दै ? उनले सदनमा प्रश्न गरिन् । स्वास्थ्य मन्त्रालयको सुरक्षा दिन नसकेको भन्दै उनले आफू सरकार र आन्दोलनरत पक्षधर दुवैको निशानामा परेको बताइन् ।

उनले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा तोडफोड भएको र स्वास्थ्य मन्त्रालय र आफ्नो सुरक्षा दिन नसकेको उनले बताइन् । ‘पहिचान पक्षधरको हुँदा हुँदै पनि दुवैले किन टार्गेटमा राखेको ? सरकारले गरेको व्यवहारका कारण स्वास्थ्य मन्त्रालयमा तोडफोड भएको छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको सुरक्षा अवस्था मिलाइयोस,’ उनले भनिन् ।

निर्मलाले संसद्मा सुरक्षाको प्रबन्ध नमिलाएको भन्दै आक्रोश व्यक्त गरिन् । सरकारले प्रत्येक कुराको सूचना पाउने हकलाई कुण्ठित गरेको र शान्तिको पक्षमा समेत नरहेको उनको आरोप थियो । आवाजविहीनहरूको मुख बन्द भएको भन्दै उनले पहिचानको आन्दोलन वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने बताइन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ