२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एनपीए कोशी प्रदेशमा शम्भु साहको प्यानल नै निर्वाचित, कसले कति ल्याए मत ? (सूचीसहित)

एनपीए कोशी प्रदेशमा शम्भु साहको प्यानल नै निर्वाचित, कसले कति ल्याए मत ? (सूचीसहित)


विराटनगर—नेपाल फर्मास्युटिकल्स एशोसिएसन (एनपीए) कोशी प्रदेशमा शम्भु साहको प्यानल नै निर्वाचित भएको छ । साहले एनपीए कोशी प्रदेशको अध्यक्षमा ३५२ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी विवेक दाहालले १८३ मात्र मत ल्याएका छन् ।

उपाध्यक्षमा विश्वनारायण चौधरीले ३४५ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रदीप थापाले १८२ मत पाए । सचिवमा दीपेन्द्र खड्काले ३५७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद बजगाईंले १७८ मत ल्याए । कोषाध्यक्षमा संजीप खड्काले ३५२ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी यामप्रसाद चौलागाईंले १७० मात्र मत पाए ।

यसैगरी, खुल्ला सदस्यहरुमा विजय कार्कीले २६७, रश्मी अधिकारीले २३५ र महिला सदस्यमा संगीनाकुमारी चौधरीले २७८ मत ल्याएर निर्वाचित भएकी छन् । साहको समूहबाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने सचिव खड्का रहेका छन् । उनले सबैभन्दा बढी ३५७ मत ल्याएर निर्वाचित भए ।

कसले कति ल्याए मत ?

अध्यक्ष–शम्भू साह-३५२ (विजयी)
विवेक दाहाल-१८३

उपाध्यक्ष – विश्वनारfयण चौधरी- ३४५ (विजयी)
प्रदीप थापा – १८२

सचिव – दीपेन्द्र खड्का- ३५७ (विजयी)
कृष्णप्रसाद बजगाईं- १७८

कोषाध्यक्ष – संजीप खड्का- ३५२ (विजयी)
यामप्रसाद चौलागाईं-१७०

विजयी सदस्यहरुः
खुल्ला सदस्य विजय कार्की- २६७
खुल्ला सदस्य रश्मि अधिकारी- २३५
महिला सदस्य संगीनाकुमारी चौधरी- २७८


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ